विषय प्रवेशः
तथापि एउटा ऐतिहासिक निबन्ध सङ्ग्रह हो, जसका लेखक साहित्यकार शीतल गिरी हुन् । यो पुस्तक बि.स. २०७७ मा प्रकाशन भएको थियो । यस पुस्तकको प्रकाशक ओरिएन्टल पब्लिकेसनले गरेकाे हो। निबन्ध सङ्ग्रहमा कुल १३ ओटा फरक फरक शीर्षकमा रचना गरिएका छन् । शीर्षक फरक भए पनि एकअर्कामा अन्तर्निहित चाहिँ छन् ।
पुस्तककाे सारः
राउतहरू प्राचीन समयमा यमुना वा महिस्मती नदीको किनारामा बस्थे । राउतहरूलाई बज्जी भनेर पनि चिनिन्छ । राउतहरूले आफूहरूलाई बज्जी गणराज्यको रुपमा स्थापित गराए । बज्जी गणको पहिलो संस्थापक जाति नै राउत हो । बज्जी गणराज्य पशुपालक गणराज्य थियो। बज्जीहरू को मुख्य पेसा नै पशुपालन थियो । पशुबाट नै उनीहरूको धेरै आवश्यकता पुरा हुन्थ्यो । गणराज्यको इतिहास बज्जीहरूलाई ठूलो महत्त्वको मानिन्छ । समय बित्दै गएपछि वागमतीको किनारा हुँदै धेरैजसो यादव गोत्रीय राउतहरू नेपाल उपत्यका पुगे । निर्जन शान्त र सुरक्षित भूमि पाउँदा केही यादव गोत्रीय राउतहरू रौतहटको भूमिमा बसे । नेपाल उपत्यका पुगेका यादव गोत्रीय राउतहरू गोपाल जातिको नामले प्रख्यात थिए ।
विक्रमादित्य दक्षिण भारत कर्णाटकका राजा थिए । उनी निकै रिसालु स्वभावका थिए । उनी कर्णाटक राज्यलाई विशाल बनाउन चाहन्थे । यस कारण राज्य बिस्तार गर्नका लागि विक्रमादित्य लडाइँलाई रुचाउँछन् । युद्ध गर्दै जाँदा, विक्रमादित्य जसले संसार जितेर कर्णाटक साम्राज्य अमर बनाउन चाहन्थे, अहिरसँगको युद्धमा जित हैन । हार हात लाग्ने बलियो सम्भावना बन्यो । उनी लडाइँ गर्दै गए र बिनाशको बाटो रोजे । विक्रमादित्य आफ्नै अहम्ले निम्त्याएका नरभक्षी नायक हुन् । उनको सैनिकको क्षति असाधारण भएको हुँदा सेना भयभित थिए। विक्रमादित्य नि घाइते भयो । कुनै पनि उपाय नदेखेर कर्णाटकका सेनापति नान्यदेवले सन्धिको लागि सेतो झन्डा फहराए र सन्धि भएपछि विक्रमादित्यको लस्कर भारी बोक्दै पछाडी हट्न थाल्यो । सो घटनाको एक महिना नहुँदै छल गरी नान्यदेव बज्जी ग्राममा आइपुगे र औँशीको रातमा औरैयालाई घेरा हाली गणपति मोहितको हत्या गरी बज्जी गणराज्यलाई कर्णाटक राज्यमा मिलाए । यस छलले कर्णाटकको पराजय जितमा परिणत भयो ।
कर्णाटकका राजा विक्रमादित्यको मृत्युपछि इ.स १० जुलाई १०९७ मा नान्यदेवले आफूलाई स्वतन्त्र राजाको रुपमा घोषणा गरे र डोय राज्यको राजा भए । उनले डोय राज्यकोको राजधानी सिम्रौनगढलाई बनायो । उनले सिम्रौनगढमा योजनाबद्ध र व्यबस्थित किसिमले किल्लाबन्दी गरेका थिए । सिम्रौनगढ तरकारी उत्पादन गर्ने प्रमुख स्थान बन्न पुग्यो र व्यापारीको आगमन बढ्न थाल्यो र सिम्रौनगढको पहिचान बन्न पुग्यो । इ.स १२२६ मा तिब्बती यात्री धर्मस्वामीले सिम्रौनगढको भ्रमण गर्दा करिब ६ लाख घरहरू पाएको उल्लेख गरेका छन् । तुर्क शासन गयासुछिन तुगलकले सिम्रौनगढमा लुटपाट मच्चायो I त्यसको सामना गर्न नसकेपछि राजा हरिसिंह देव भागे र राज्य छिन्न भिन्नको अवस्थामा पुग्यो ।
निष्कर्ष
तथापि निबन्ध सङ्ग्रह अध्ययन गर्दै गर्दा लेखनकाे इतिहासप्रतिकाे प्रेम र अध्ययन साच्चिकै प्रशंसनीय छ । म आफू यस्तै किताबमा रमाउने भएका कारण मेरा लागि निकै नै रूचिकर रह्याे । मैले पढेको यस किताबको रचनाहरू मलाई निकैनै रोचक लग्यो । इतिहासमा रूचि राख्ने विद्यार्थीहरूका लागि याे पुस्तक निकै राेचन हुन सक्झ । यो किताब म अरुलाई नि पढ्न सुझाव दिन्छु ।
मन्दिपलाल जाेशी
कक्षा १२ ‘पाङ्बाेचे’
डियरवाक सिफल स्कुल
Liked by: