परिचय:
कालो माला कथा पढ्न एकदम रमाइलो छ । यस कथाका लेखक मधुसुदनप्रसाद घिमिरे हुन् । कथा चराहरूको बारेमा लेखिएको छ ।
कथावस्तु:
यो कथामा एउटा भँगेराको जोडी थियो । त्यो जोडीमा कहिले पनि बाझाबाझ हुँदैन थियो। अरु चराहरूको झगडा हुँदा त्यही भँगेराको जोडीले सम्झाउन जान्थे। एकदिन भँगेरी गर्भवती भइन् । भँगेरी गर्भवती भएको कारण भँगेराले भँगेरीलाई केही कामहरू नगर्नु र आराम मात्र गर्न लगाउथ्यो । एकदिन भँगेराका बच्चाहरू ठुला भएपछि भँगेरीले "हाम्रो बच्चाहरूलाई गाजल ल्याइदिनुन्" भनेर भन्छे । भँगेराले गाजल खोज्न जाँदा कागले भन्यो कि गाजल कोइलीकहाँ पाइन्छ । भँगेरा कोइली कहाँ गयो र सोध्यो कि "गाजल छ" भनेर । कोइलीले छ भनेर कहाँ हाल्ने भनेर सोध्यो । भँगेराले "मेरो घाटीको प्वाँखमा हाल्दयौ "भनेर भन्यो । कोइलीले भँगेराले भने जस्तै उसको घाँटीमा हालिदियो । भँगेरा घर गयो । त्यसपछि भँगेरीले गाजल निकालेर आफ्ना बच्चाहरूलाई लगाइदियो । भँगेरीले सबै सोहोरेर राख्न जानिन, त्यही भएर अहिलेसम्म भँगेराको घाटीमा कालो माला जस्तो धेरा छ ।
परिवेश:
अग्ला रुखहरू, जङ्गलहरू र हरियाली वातावारण कथामा परिवेशका रूपमा आएका छन् ।
पात्रहरू:
भँगेरा, भँगेरी, काग र कोइलीलगायतका अमानवीय पात्रहरू रहेका छन् ।
नाम : राज मानन्धर
कक्षा : ४ ‘हिमालचुली’
डियरवाक सिफल स्कुल
Liked by: