विषय प्रवेश:
साहित्यकार महेश पौड्यालद्वारा लिखित ‘अपरिचित अनुहार’ एउटा कथासङ्ग्रह हो । यो किताब शिखा बुक्सबाट प्रकाशित भएको थियो। यस पुस्तकमा १८ एउटा कथाहरू छन् । हरेक कथा एकदमै राम्रो विषयवस्तु ल्याएर लेखिएको छ । किताबको पहिलो संस्करण भाद्र, २०७८ मा भएको थियो र दोस्रो संस्करण फागुन २०७८ मा भएको थियो । किताब एकदमै सजिलोसित बुज्न सकपने भाषाशैली प्रयोग गरेर लेखिएकाे छ । र कतै कतै मात्र जटिल शब्दहरूको प्रयोग गरिएको छ । तर कथाहरू बुझ्न गारो छैन । हरेक कथाले छुट्टै सन्दर्भमा छुट्टै कथावस्तु ल्याएका पनि छन् ।
विषयवस्तु:
पुस्तक “अपरिचित अनुहार” मा साँच्चै एकदमै आकर्षक कथाहरू छन् । लेखकले जीवनमा शायद घटेका तर कहिलै न सुनिएका जीवनका कथाहरूलाई यस किताबमा सङ्कलन गरेर जोड्नुभएको छ । हामीले कथामा राखिएको जीवन सम्बन्धी घटनाहरूसित हातमा हात राखेर आफ्नो जीवन घटनाहरू आत्मसात् गर्न नसके पनि त्यो हातलाई महशुस गरेकाे भान हुने, कथाहरूले व्यक्त गर्न खोजेका भावनाहरूलाई पहिलै पनि महशुस गरेझैँ चिन्न सकेजस्ताे हुने कुरा पढेपछि मैले अनुभव गरेँ । कथाहरूको एउटा कुरा यही हुन्छ कि कथा जस्तो भए पनि मानिसकै भावनाहरूलाई जोडिएर लेखिएको हुन्छ । “अपरिचित अनुहार” कथा केही कथाहरू यसरी जान्छनः
काठमाडौँबाट त्रिसूलीसम्म गाडी चलाउने र फर्काउने चालक सधै बाटोको एक ठाउँमा चाहिनुभन्दा धेरै गाडी रोक्दथ्यो । त्यो बसको सहचालक त्यो चालकसिट धेरै बोल्दैनथ्यो । तर एक दिन उसले त्यो चालकले त्यही ठाउँमा चाहिनुभन्दा धेरै समयसम्म गाडी रोकिरहनुको कारण सोधि हाल्यो। चालक सहचालकका आँखा एउटा बसको किनाराको ठ्याक्कै आगाडि रहेको घरको बार्दलीमा बसिरहेका एक जोड सुन्दर आँखातर्फ लगायो । सहचालक तब गएर त्यो चालकले ती सुन्दर आँखालाई हेर्नका लागि बस रोकेको कारण थाहा पायो । त्यो दिन पछि सहचालक पनि त्यही चालकसितै बस रोकिदा ती सुन्दर आँखाहरूलाई हेर्न थाल्यो र ती आँखाको प्रेममा फस्यो । ती सुन्दर आँखा चालकभन्दा सहचालकसित धेरै जुध्न थाले । चालकले सहचालकसित झगडा पनि गर्दैनथ्यो । चालकले सहचालकलाई बस चलाउन सिक्दथ्यो र ऊप्रति राम्रो व्यवहार र बोलचाल रख्थ्यो । उनीहरूको सम्बन्ध अरु चालक र सहचालक जस्तो थिएन जो सधै झगडा गर्ने गर्थे । पैसाको कमीका कारण चालक विदेश जानु पर्ने अवस्था आउँछ । सहचालक खुसी थिएन । उसको चालकलाई रोक्न कैयौँ प्रयासपछि पनि उसले केही गर्न सक्दैन । केही वर्ष पछि सहचालकले त्यै बाटोमा बस चलाउन थाल्छ । उसले त्यही सुनदर आँखाकाे खोजीमा त्यो घरको आगाडि बस रोक्छ तर ती आँखा कतै पनि देखिदैनन् । उसले एउटा यात्रीद्वारा त्यो सुन्दर आँखा भएकी सुन्दरीको विवाह भई सकेको खबर थाहा पाउँछ र थप जानकारी लिन खोज्दा ती सुन्दरीलाई पोलियोको रोग लागेको र शरीरको तल्लो भाग अब नचल्ने भएको कुरा थाहा पाउँछ । कहिलेकाही कोही अर्कोलाई आफूले जति माया दिए पनि त्यो अर्कोले सधैँ माया फर्काउँदैन। कोही मानिसहरू भेट हुन मात्र जुटिएका हुन्छन् र मायाको सन्दर्भमा उनीहरू सूर्य र चन्द्रमा झै हुन्छन् । ‘बार्दलीको एक अनुहार’ कथाकाे सार !
त्यसैगरी दोस्रो कथा ‘उपलब्धि’ रहेको छ। आफ्नो भाग्य आफै लेखिन्छ। तर त्यो लेख्ने साधन हामीले गंरे कर्म हुन्छ । यी दुई वाक्यका आधारमा उपलब्धि कथा लेखिएको छ । एउटै टोलमा बस्ने सुशील र सङ्ग्राम डेरामा बसेका थिए । दुबैजना एकाअर्काभन्दा ठ्याक्कै फरक थिए । सुशीलको पढेलेखेको परिवार थियो । ऊ एउटा स्कुलमा गणित पढाउने गर्थ्यो । सुशीलको कमाई त्यति राम्रो थिएन । त्यही माथि उसको पैसा बुढी आमाको औषधि, बच्चा पढाइ र घर खर्चहरूमै सिद्धिन्थ्यो । सुशील एकदमै मैत्री भाव भएको किसिमको मानिस थियो। छरछिमेकमा ऊ सबैसित राम्रो सम्बन्ध राख्थ्यो । उसलाई सबैले मन पराउँथे । उसका दुई दाजुभाइ व्यापारमा थिए र दुबै जना एकदमै धनी पनि थिए । उनीहरूको ठुलो घर र टन्नै गाडीहरू थिए । सुशीललाई उसको ससुरालले घर बनौ भनेर दबाब पनि दिई रहन्थे। त्यसैले सुशीलले दिनमा ३ ठाउँ काम गर्न थाल्यो र तान्ने पैसा कमाएर केही वर्षपछि घर बनाउने कार्य सुरु गर्यो । सङ्ग्राम सुशीलको ठ्याक्कै उल्टो थियो । ऊ धेरै झगडालु स्वभावको मानिस थियो । उसलाई कसैले टोलभरि मन पराउदैन थिएँ । उसले घरभाडा पनि समयमा तिर्दैन थियो । तर उसले पनि आफ्नो घर बनाउने कार्य सुशीलसँगै सुरु गर्यो । घरबेठीले घर बनाउनुको कारण सोध्दा सुशीललाई एउटी केटी मन परेको तर त्यो केटीले उसित घर नभई बिहे नगर्ने भनेपछि घर बनाउने कार्य सुरु गरेको बतायो । सुशील र सङ्ग्रमका घरहरू २-३ मिनेट को दुरीमा थिए । सङ्ग्रमको नराम्रो व्यवहारले ठेकेदारले उसको घर बनाउन असहमति पनि देखेएको थियो। तर अन्तिममा दुबै जनाको घरसँगै बनेर सिद्धियो । किनकि उनीहरूको घर नजिकै थियो । दुबै जना एकै समयमा घरपैँचोका लागि पुरेतबाबा गए । केही बेर पुरेतबाबासँग कुरा गरिसकेपछि, पुरेतबाबाले दुबैको व्यक्तित्व औंल्याउँनुहुन्छ। उनी भन्छन्, सुशील राम्रो मान्छे हो भने सङ्ग्राम ठिक उल्टो । सोमबार र बुधबार पूजाका लागि राम्रो दिन रहेको उनी बताउँछन् । उसले सुशीललाई सोमबारको तयारी गर्न भन्छ किनकि उनी त्यहाँ हुनेछन् र सङ्ग्रामको लागि उसले बुधवारको तयारी गर्न भन्छ तर ऊ व्यस्त हुने भएकाले अर्कै व्यक्तिलाई भेट्न भन्छ। सङ्ग्रामले अर्को शब्द बोल्दैन र त्यहाँबाट निस्किन्छ ।
किताबमा यस्ता कथाहरू रहेका छन्। यी कथाहरूबाट धेरै भावहरू हामी लिन सक्छौँ । यी दुई कथाबाहेक ‘उपहार’ कथाबाट हामीले मेलमिलाप गर्नुको महत्त्व र एउटा मानिसको समूहलाई मिलाउन एउटै मात्र आकर्षक विचार चाहिन्छ भनेर हामी सिक्न सक्छौँ । ‘आवाजहरू’ बाट आफूलाई बुझेपछि मात्र अरुलाई बुझ्न सकिन्छ भनेर हामी सिक्न सक्छौँ । र ‘राहत’ कथाबाट हामीले अरुलाई केही भन्नु र नामहरू बोलाउनुभन्दा अगाडि उनीहरूको कथा सुन्नुपर्छ र पागल भनेर चिनिने मानिसहरू पनि मानिस नै हुन् त्यसैले हामीले उनीहरूलाई मानिसझैँ व्यवहार गर्नुपर्छ भनेर सिक्न सक्छौँ । हामीले किताबबाट यस्ता भावहरू सिक्न सक्छौँ ।
निष्कर्ष:
अन्त्यमा, किताब पढ्न साँच्चै रमाइलो थियो। सबै कथाहरू धेरै राम्रो तरिकाले व्याख्या गरिएको थियो । सबै कथाहरूको एक अद्वितीय अवधारणा थियो । ती काल्पनिक कथा हुन् तर केही नेपालीको वास्तविक जीवनसँग सम्बन्धित छन् । जसले यस पुस्तकलाई विशेष बनाउँछ । मलाई ‘राहत’ कथा विशेष मन पर्यो । यसले देखाउँछ कि कतिपय मानिसहरूले कसरी गलत बुझेका छन् र यो मानव प्रकृतिको अंश भएकोले तिनीहरूलाई मद्दत गर्नु हाम्रो दायित्व हो । ‘उपहार’ कथा पनि मन पर्यो । मलाई त्यो भाग मन पर्यो जहाँ एउटा सानो बच्चाले सम्पूर्ण समूदायलाई एकै ठाउँमा ल्याउँछ र समुदायले अन्ततः एक अर्काको बीचमा कुराकानी गर्न थाल्छ । यसले देखाउँछ कि कसरी सानो कुराले ठूलो प्रभाव पार्न सक्छ । अन्त्यमा, म भन्न चाहन्छु कि म निश्चित रूपमा यो पुस्तक सिफारिस गर्नेछु । पढ्दा निकै रमाइलो लाग्यो ।
रूसिना तामाङ
कक्षा ९
डियरवाक सिफल स्कुल
पुस्तक : अपरिचित अनुहार
विधा : कथासङ्ग्रह
लेखक : महेश पौड्याल
प्रकाशक : शिखा बुक्स
Liked by: