परिचय
कविता पराजुलीले लेख्नुभएको प्रस्तुत भ्यागुताको योग एक कथासंग्रह हो। यसमा चित्र भर्ने काम अविन श्रेष्ठबाट भएको हो । यस कथाका सम्पादक कार्तिकेय घिमिरे हुन् । यस किताबको लेआउट रस्मी खागीबाट भएको हो र यो कथा सङ्ग्रह बालसाहित्य प्रतिष्ठान नेपालबाट भएको हो। कथासङ्ग्रहमा ११वटा कथाहरू छन् भने ६८ पृष्ठहरू छन्। ११ वटा कथाहरू को नाम सरलको निर्णय, सुमितको मन, मेरो नाम चावेल हो, मधुकाे माया, खरायोबाट शिक्षा, जुन र तारा, नातीको माया, भ्यागुताको योग, डिस्काे पेन्सिल, डाेमु र डाेजीको भ्रमण र आकाशको बन्धुक हो। यी कथाहरूमध्ये मलाई मन परेको कथा भने डाेमु र डाेजीको भ्रमण हो ।
कथावस्तु
जाडो महिनाको बेला मुस्ताङमा निकै चिसो थियाे। डाेमु र डाेजी त्यहीबेला काठमाडौँ घुम्न जाने प्रस्ताव राखे उनीहरूको प्रस्ताव डाँफे चरी, मैना चरी, चाैरी गाई र भोटे कुकुरले पनि माने। उनीहरू बसमा जाँदै बसमा जाँदै गर्दा धेरै कुराको अवलोकन गर्न पाए। सर्वप्रथम काठमाडौँ पुगेपछि उनीहरूको टुडिखेल चौरमा गए। कसैले घाँस कसैले के खाएर आफ्नो पेट भरे र त्यो र त्यही आराम गरे। भोलिपल्ट प्रहरीहरू सँग काठमाडौ सहर घुम्दा मानिसहरूले उनीहरूलाई खानेकुरा दिने र पटक खिच्ने गरे। यसले उनीहरूमा सडक र हनुमानढोका गए। बेलुका काठमाडौंका मेयर उनीहरूलाई भेटे तथा उनीहरूको लागि भोजन व्यवस्थापन गरिदिए। भोलिपल्ट उनीहरू पशुपति, स्वयम्भू, भक्तपुर, पाटन दरबार र कृष्ण मन्दिर गए। त्यो दिन उनीहरू ललितपुर नगरपालिकामा सुते । त्यसपछि चिडियाखानामा गएपछि उनीहरूले ठूला र साना जनावर देखेर अचम्ममा परे । छुट्टिने बेलामा हाकिमले डोमुसँग डाँफे चरी र चाैरी गाईलाई चिडियाखाना मै राख्ने प्रस्ताव राखे। डोमुलाई आफ्नो साथी छुटाउने प्रस्ताव मन परेन तर पनि उसले हुन्छ भन्यो । उसले यो कुरा सबै जनावरलाई भन्यो उनीहरूले एउटा जुक्ति निकाले । उनीहरू रातिनै त्रिभुवन पार्क जाने र बिहानै त्यहाँबाट घर र जाने विचार गरेँ। तर केही समयपछि बल्ल थाहा भयो उनीहरू एक महिनाभरि पुरै नेपाल घुमेर पो घर फर्केका रहेछन् ।
पात्र
यस कथामा मानवीय भन्दा बढी मानवेतर पात्रहरू छन । यी सबै पात्रहरू मध्यमवर्गीय छन् र सबै असल पनि छन्। यस कथाका मुख्य पात्र डाेमु र डाेजी हुन् । यस कथाका अरू सहायक पात्रहरू डाँफे चरी, मैना चरी, चाैरी गाई र भोटे कुकुर हुन्। मानवीय पात्रका रुपमा प्रहरीहरू तथा चिडियाखानाको हाकीमहरू सामान्य पात्रका रूपमा आएका छन्।
परिवेश
कथामा मुस्ताङ काठमाडौँ टुडिखेलको नयाँसडक हनुमानढोका पशुपति स्वयम्भू भक्तपुर दरबार पाटन दरबार कृष्ण मन्दिर चिडियाखाना चितवन पोखरा लुम्बिनी जनकपुर त्रिभुवन पार्क आदि स्थलगत परिवेशका रूपमा आएका छन्। जाडो महिना का बेला डाेमु र डाेजी र उनीहरूका साथीहरू काठमाडौ गए काठमाडौंका सबै ठाउँ र अन्त्यमा चिडियाखाना जादा त्यहाँका हाकिमले उनीहरूका दुई साथीलाई चिडियाखानामा राखे विचार गरे तर उनीहरूले जुक्ति लगाएर चिडियाखानाका हाकिमसँग बच्न उनीहरू त्रिभुवन पार्कमा लुकेर गए उनीहरूको उपाय भोलि बिहानै जाने थियो तर उनीहरू अन्त्यमा नेपालका सबै ठाउँहरू घुमेर मात्र घर फर्किएका रहेछन् उल्लिखित घटनाहरू अवस्था गत परिवेशका रूपमा आएका छन् । कालगत परिवेशको रुपमा वर्णन गर्नुपर्दा यी सबै घटनाहरू एक महिना देखि ४० दिनमा भएको अनुमान लगाउन सकिन्छ।
निष्कर्ष तथा सिफारिस
यो कथा सङ्ग्रह सारै रमाइलो र राम्रो पनि लाग्यो। अझ झनै डाेमु र डाेजी कथा थियो। अक्षरसँग अक्षर निर्माण गरेर बनाइएको यो कथा सङ्ग्रह भ्यागुताको योगमा प्रयोग गरिएको हरेक शब्दमा मिठास पन देखाउन सकिन्छ। यहाँका चित्रहरू निकै अविस्मरणीय छन् । यिनीहरू कार्टुने तरिकाले बनाइएका छन्। कुकुरप्रति सरलको हेरचाह, एकजना माग्ने प्रति सुमितको दया, चाबेल बाबुको रमाइलो, एउटा चरा प्रति मधुको माया, जुन र तारामा भाइबहिनीको माया, खराब प्रति बाबुछोरीको माया, हजुर आमाप्रति नातिको हेरविचार, धेरै खाने भ्यागुता, रमेशको इच्छा,डाेमु र डाेजीकाे जुक्ति र प्यारो आकाशको बन्दुक आँखामै टाँसिएका छन् । तसर्थ यो किताब म मेरा मित्र इष्टमित्रलाई सिफारिस गर्न चाहन्छु ।
किताब यही नै हाे । किताबभित्रकाे एक कथाकाे समीक्षा गरिएकाे हाे । याे कुरा मैले जानकारीका लागि मात्र राखेकाे हुँ । मैले फाेल्डरमा पनि राखिदिएकाे छु । किताबकाे फाेटा ।
नाम : संविद ढकाल
कक्षा : ६ ‘काब्रु’
डियरवाक सिफल स्कुल
Liked by: