परिचय:
‘गोल्ड मेडल’ बाल उपन्यासका लेखक हरिlवंश आचार्य हुन् । यस पुस्तकमा रहेका चित्रहरू समित श्रेष्ठले बनाएका हुन् । यो पुस्तक सानेको मेडल पाउने र बुबा विमारी भएकाले उसले गरेको प्रगति यस किताबमा जनाइएको छ । किताबको प्रकाशन काटमान्डु पब्लिकेशन गरेकाे हाे । यो किताब बालबालिकाले पढ्ने सामान्य पुस्तक हो ।
कथावस्तु:
सानेकी आमा चलमायाले साने र ठुलेलाई विद्यायलय जानुभन्दा पहिला भात खाएर जान आग्रह गरिन् । चलमाया र बुबा भीर्खबहादुर कामतिर लागे । बिर्खबहादुरले चलमायालाई कति किचकिच गरेकी साना छन्, सिक्दै छन् भनी कराए । ढिला भइसकेकाे छ साहुले पैसा काटिहाल्छ अनि थाहा पाउला म किन कराए अनि हतार हतार चलमाया काममा लागिन् । घरमा साने र ठुले हतारहतार गृहकार्य गर्दैै थिए । सानेले दिक्क मान्दै भन्यो राति गृहकार्य गर्न पाए हुन्थ्यो । घरबेटीले लाइन काटिदिन्छ । ठुलेले सानेको मुखमा हेर्याे तर केही भनेन । उसलाई गृहकार्य सकिनैन कि भन्ने पिर थियो । ऊ किताबतिर नै घोप्टियो । साने आफ्नै सुरमा बोली रहेको थियो कि म ठुलो मान्छे बनेर बिजुलीको खोला नै किन्छु र सबैलाई दिन्छु र राति नै गृहकार्य सकेर हरिपाेटर पढ्छु भन्दै दाइलाई कुरा गर्दै थियो । ठुलेलाई कहिनभएको हाँसो लाग्यो । ऊ मरिमरि हास्न थाल्यो र सानेलाई ठुले हासेको मन परेन र कराउँदै किन हाँसेको ठुलेलाई भन्यो । ठुलेले सानेलाई भन्यो तेरो कुरा सुनेर नि ! ह्यारिपोटरलाई हरिपोटर रे! ठुलेले हाँसो रोक्न खोज्यो तर थाम्न सकेन । साने र ठुले भात खाएर विद्यालयतर्फ लागे । साने र ठुले बाटोमा जाँदै गर्दा एउटा मान्छे गाडीमा मेडल बोकेर देखाउँदै गरेको साने र ठुलेले देखे । सानेले ठुलेलाई प्रश्न सोध्यो कि कसरी त्यो मान्छेले गोल्ड मेडल पायो । ठुलेले सानेलाई जवाफमा मान्छेले कराँते खेलेर जितेको पुरस्कार दिएर सम्मान गरेको हो । सानेले अरु बुझ्याे कि पनि न बुढी कराँते खेलेर जित्यो भने गोल्ड मेडल पाउँछ भन्ने बुझ्याे । मानिसहरू यत्रो भिड देखेर रमाइलो लाग्यो । सानेले सपनामा साने बिचमा र मान्छेहरूले साने साने बन्दै गरेको कल्पना गर्न गर्न थाल्याे । सानेका कान र गाला राता र ताता भएर आए । भित्रभित्र मनमा उकुसमुकुस भइरहेको थियो । सानैले म पनि गोल्ड मेडल जित्ने हो भन्ने ठान्यो । उसले फेरि छाती तन्काएर हात हल्लाइरहेको थियो र यो मान्छे छातीमा भएको मेडल देखाइरहेको थियो र खिर पनि खाइरहेको थियो सानेले त्यो मेडल एकछिन हेरिरह्यो मेडलमा घामको जुल्को आएकाले मेडल झन चम्की रह्यो उसको आँखा पनि मेडलको किरणले चम्किला हुँदै गएकाे उसले देख्याे ।
पात्रहरू:
बाल उपन्यास गाेल्ड मेडलमा ठुले र साने ठुले र सानेका आमा र बुबा र टयाक्सी ड्राइवर, र हरिवंशलाल, नर्स यस उपन्यासका पात्रहरू हुन् । बाल उपन्यासकाे मुख्य पात्र साने हो । एउटा गोल्ड मेडल पाउने सानेको सपना थियो । गरिब परिवार भएकाले खान लाउन पनि मुश्किल थियाे । बुबा बिरामी परेर त्याे घरमा ठुलाे समस्या खडा भएकाे छ । सानेकाे गाेल्ड मेडल पाउने सपना पनि छ । सन्तानका लागि बुबाआमाले गरेकाे त्यागकाे कथा छ ।
परिवेश:
गोल्ड मेडल बाल उपन्यासमा सानेको भाडाकाे घर, विद्यालय जाने बाटाे, विद्यालय जाने बाटो कराँते सिक्ने ठाउँ, अस्पताल र कवाडी स्टोर स्थलगत परिवेशका रूपमा आएका छन् । साने र ठुले विद्यालय जाने क्रममा सानेले कराँते खेलेर गाेल्ड मेडल जितेकाे देख्छ । उसमा पनि गाेल्ड मेडल जित्ने सपना पलाउँछ । बुबा बिरामी परेका हुन्छन् । अस्पतालमा परीक्षण गर्ने पैसा पनि हुँदैन । कवाडी साहु हरिवंशलालले सहयाेग गरेका हुन्छन् । यी कुराहरू उपन्यासमा अवस्थागत परिवेशका रूपमा आएका छन् । यी घटनाहरू लगभग एक महिनाकाे अन्तरालमा भएकाे अनुमान लगाउन सकिन्छ ।
निष्कर्ष:
बाल उपन्यासकाे भाषा सरल छ । कथावस्तु मिठाे छ । बिच बिचमा हसाउँने खालका विषयहरू पनि राखिएका छन् । कथाले काम कुनै पनि सानाेठुलाे हुँदैन । सबै पेशाप्रति सम्मान गर्नुपर्छ भन्ने निष्कर्ष याे उपन्यासकाे रहेकाे छ ।
साङ्गे शेर्पा
कक्षा ५ ‘याङ्ग्रा’
डियरवाक सिफल स्कुल
Liked by: