Basna Aaune Bansuri | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

बास्ना आउने बाँसुरी




   आराेहण तिम्सिना - Feb 20 2023

१. परिचय:
‘बास्ना आउने बासुरी’ पुस्तक एक बालउपन्यास हो । यो पुस्तकका लेखक रोशन पोखरेल हुन् र चित्रहरू दुजमान चित्रकारले बनाएका हुन् । यो पुस्तकको सम्पादन कृष्णदीप सिग्देलले गरेका हुन् । यो पुस्तकको पेज डिजाइन समान श्रेष्ठले गरेका हुन् । यो पुस्तकको प्रकाशन साङ्ग्रिला पुस्तक प्रा.लि. ले गरेको हो । यो पुस्तकको मुद्रण सौगात प्रिन्ट्स प्रा.लि. ले गरेको हो । नेपाली समाजकाे निम्नवर्गीय पारिवारिक समस्यालार्इ यस उपन्यासले चित्रण गरेकाे छ ।

२. कथावस्तु:
बासु सधैँ बाहिर टोलाएर हेर्दै बस्थ्यो । एक दिन मायाले उसलाई सोधिन, "तिमी जहिले किन टोलाएर बस्छौ ?" बासुले उत्तर दियो, "मलाई एउटा पहेलो साइकल चाहिएको छ ।" यो सुनेर मायाले बसुलाई हेरिरहिन । मायाले बासुलाई साइकल किन नकिन्ने भनेर सम्झाउन पनि खोजिन तर बसुले भने केही कुरा सुनेन । त्यसपछि, केशव निराश हुदै घरभित्र पसे, चिया खान लागेको बेला मायाले केशवलाई साइकलको बारेमा भनिन् । बासु चाहिँ किताब पढेको नाटक गर्दै उनीहरूलाई हेर्दै र कुरा सुन्दै थियो । केशव र माया साइकल किन्ने पैसा नभएकाले निराश भए । केशवले आफ्नो परिवारलाई सबै कुरा दिन खोज्थ्यो तर पैसाको कमीले कहिलेकाहिँ समस्या पर्थ्यो । उनले बासुलाई उसको जन्मदिनमा साइकल किन्दिने भनेर भने । त्यो रात केशवलाई यही सोचले सताइरह्यो, उनी सुत्न सकेनन् । अर्को दिन बासु खुसी हुँदै स्कुल गयो र साइकलकै बारेमा सोच्न थाल्यो । केशव सधैँ एउटा मन्दिरमा जान्थे, त्यो दिन पनि उनी गए । उनले त्यहाँका भगवानलाई हेरे र काममा गए । त्यो दिनदेखि उनले चिया पनि पिएनन् । त्यस दिनदेखि उनी साइकलको लागि पैसा जम्मा गर्न थाले । एक दिन उनी फेरि मन्दिरभित्र पसे । त्यो दिन उनले त्यहाँका भगवानको मूर्तिलाई पनि मुसारे । उनी काममा गए तर त्यो दिन उनले केह्री काम पाएका थिएनन् । त्यसैले उनी भौतारिँदै बजारमा गए । उनले त्यहाँ पनि काम पाएनन् त्यसैले, त्यो दिन उनी साइकल साहुकोमा गए । त्यहाँ उनले साइकल सस्तोमा किन्न खोजे तर साहुले मानेनन् । त्यसपछि बाटोमा उनले काम पाए, त्यो काम गरेर पनि उनलाई पैसा पुगेन । त्यसपछि उनी कार्पेन्टरको पसलमा गए । त्यहाँ उनले दराज बोक्ने काम पाए, उनले बल्लतल्ल दराजको काम गरे तर धेरै ढिलो भएको थियो । उनी हतारहतार साइकल पपसलतिर जाँदै थिए । बाटोमा केशवले एउटा केटोलाई देखे, त्यो केटो जब बाटो काट्दै थियो, त्यसबेला त्यो केटोलाई एउटा ट्रकले हान्यो । त्यो चालकले त्यस केटोलाई सस्तो जरिवाना तिर्न भनेर मार्न खोज्यो तर केशवले त्यो चालकलाई त्यस केटोको ज्यान लिन दिएनन् । केशवले त्यो केटोलाई एउटा अस्पतालमा भर्ना गरे । उनीसँग पैसा बाँकी भएन । त्यसपछि केशव निराश हुँदै घर फर्के । उनी घर जाँदा माया र बासु ढोकामा बसिरहेका थिए । सबै खुसी थिए । त्यहाँ धेरै उपहारहरू पनि थिए । केशवले यो सबै कहाँबाट आयो भनेर सोधे । माया स्तब्ध भइन् । उनले भनिन्, "तपाईँले त पठाको हो नि " । केशव केही बोल्नै सकेनन् । उनी त्यो दिन सुत्न गए । त्यसपछि केशव बिहानै उठे । त्यो दिन उनले चिया पनि पिए । उनले त्यसपछि साइकल पसलको मालिकलाई सोधे । साहुले भने "तपाईँले त एउटा केटोलाई पठाउनु भएको थियो नि" । त्यसपछि उनी अस्पताल गए त्यहाँ त्यो केटो भर्ना भएको रेकर्ड नै थिएन तर उनका लागि एउटा बास्ना आउने बाँसुरी उपहार छाडिएकाे थियाे त्यसकाे बास्ना मगमग आइहेकाे थियाे । त्याे बाँसुरीकाे मात्र बास्ना थिएन उनले गरेकाे असल कामकाे पनि थियाे ।

३. पात्र:
यस पुस्तकका पात्रहरू बासु, माया, केशव, केशवका साथीहरू, साइकल पसलको मालिक, पसलेहरू, सहरका मानिसहरू, ट्रक चालकलगायतका पात्रहरू हुन् । यो पुस्तककाे असल पात्रहरू बासु, माया, केशव, केशवका साथीहरू, साइकल पसलको मालिक आदि हुन् । यस पुस्तककाे खराब पात्र टिप्पर चालक हो । टिप्पर चालकले एउटा केटोलाई गाडीले हानेर अस्पतालको बिल नभरी थोरै जरिवाना तिर्नका लागि त्यो केटोलाई मार्न खोजेको थियो । यस पुस्तककाे मुख्य पात्र बासुर र केशव रहेका छन् । यस पुस्तकको सहायक पात्र केशवका साथीहरू, साइकल पसलको मालिक, पसलेहरू, सहरका मनिसहरू, ट्रक चालक आदि हुन् । यस पुस्तकका मानवेतर पात्र भने सहरका कुकुरहरू रहेका छन् ।

४. परिवेश:
यस बालउपन्यासको स्थलगत परिवेश केशवको घर, मन्दिर, बजार, केशवको घर जाने र आउने बाटो, साइकल पसल, गढी, अस्पताल आदि हुन् । यस पुस्तकको कालगत परिवेश ४-७ महिनाको रहेको अनुमान गर्न सकिन्छ । यस पुस्तकको अवस्थागत परिवेश बासुलाई साइकल चलाउन मन लाग्नु, केशवले चिया खान छोड्नु, केशवले पैसा बचत गर्न थाल्नु, केशव मन्दिर भित्र पस्नु, केशवसँग भएको पैसा नपुग्नु, केशवले पैसा पाउनु, केशवले एउटा केटोको ज्यान बचाउनु, केशवसँग पैसा नहुनु, केशव घर फर्किनु, केशवले सबै उपहार देख्नु, केशवले त्यो केटोलाई कतै पनि नभेटाउनु हुन् ।

५. निष्कर्ष र सिफारिस
यस पुस्तकले हामीलाई धेरै कुरा सिकाएको छ । यो पुस्तकले हामीलाई हामीले जस्तो काम गर्छाैँ हामी त्यस्तै कुरा फिर्ता पाउछौ भनेर सिकाएको छ । यो पुस्तकले हामीलाई खुसी पाउन धेरै कुरा त्याग्नुपर्छ भनेर पनि सिकाएको छ । यो पुस्तक एउटा राम्रो र छोटो पुस्तक हो । यो पुस्तक सरल भाषामा लेखिएको छ । सधैँ सत्कर्ममा लागेमा अन्त्यमा त्यसकाे फल मिठाे हुन्छ त्यसैले मानिस सदैव सुमार्गमा हिड्नुपर्छ भन्ने कुरा हामीले मनन गरेका छाैँ । त्यसैले म याे पुस्तक मेरा साथी अरू र सम्पूर्ण अग्रजहरूलाई पढ्नका लागि सिफारिस गर्दछु ।

आराेहण तिम्सिना
कक्षाः ६
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.