विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको तालिका कस्तो

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको तालिका कस्तो

bbc.com . २३ दिन अघि

टी-२० विश्वकप सुरु हुन अब दुई साता मात्र बाँकी छ। नेपालले अबको दुई सातापछि अमेरिकाको डालासस्थित ग्रान्ड प्रिरे क्रिकेट रङ्गशालामा द नेदरल्यान्ड्सविरुद्ध विश्वकपको पहिलो खेल खेल्नेछ।

छ महिना अगाडि नेपालमै आयोजना भएको प्रतिस्पर्धाबाट विश्वकपमा छनोट भएसँगै राष्ट्रिय क्रिकेट टोलीले यसपालि राम्रो तयारी गरेको देखिएको खेल विश्लेषकहरू बताउँछन्।

कुनै पनि प्रतियोगिता अगाडि राष्ट्रिय क्रिकेट टोलीले गरेको यो अहिलेसम्मकै उत्कृष्ट तयारी मानिएको छ।

यसक्रममा टोलीले नेपालमै वेस्ट इन्डिज ‘ए’लाई निम्त्याएको थियो भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको संयोजनमा भारतमा गएर त्यहाँको स्थानीय क्लबसँग पनि खेलेको थियो।

ओलिम्पिक्समा पदक जित्ने लक्ष्यसाथ तयारीमा तल्लीन नेपालका ब्याडमिन्टन खेलाडी

टी२० विश्वकप: नेपालको सहभागिताका दुई संस्करणको लेखाजोखा

नेपाल सरकारले विश्वकप तयारीको लागि ५ करोड रुपैयाँ उपलब्ध गराएपछि टोलीले एक महिनाअगावै आयोजक राष्ट्र अमेरिका र वेस्ट इन्डिजमा पुगेर अभ्यास खेलहरू खेलिरहेको छ।

अबको तालिका

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सहभागी सबै २० राष्ट्रलाई दुईवटा आधिकारिक वार्मअप खेल दिएकोमा नेपालले क्यानडा र अमेरिकासँग त्यस्तो खेल खेल्ने भएको छ।

नेपालले मे २७ तारिखमा क्यानडासँग र मे ३० मा आयोजक अमेरिकासँग खेल्नेछ। कतिपयले नेपालले वार्मअपमा टेस्ट टोली पाउने आशा गरेका थिए।

आइसीसीले यी खेलले टी-२० आईको मान्यता भने नपाउने जनाएको छ।

सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन कस्तो तयारी भइरहेको छ

विश्वकप छनोटसँगै सतहमा आएका नेपाली फुटबलका विवादहरू किन सुल्झिरहेका छैनन्?

दुवै खेल ग्रान्ड प्रिरे रङ्गशालामा हुनेछ। यही मैदानमा अमेरिकाले उद्घाटन खेलमा क्यानडासँग र त्यसको दुई दिनपछि नेपालले द नेदरल्यान्ड्ससँग खेल्नेछ।

उक्त आधिकारिक वार्मअप खेल्नु अगाडि टोलीले ह्युस्टनमा दुई वटा अभ्यास खेल खेल्ने तालिका छ।

ह्युस्टन हरिकेन्स टोलीसँग नेपालले यसै हप्ता मे २२ र २३ मा दुई अभ्यास खेल खेल्न लागेको हो।

त्यसको लागि वेस्ट इन्डिजमा तीन वटा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली अमेरिका पुगिसकेको छ।

उच्च अदालत पाटनबाट सफाइ पाएर नेपाल क्रिकेट सङ्घको निलम्बन पनि फुकुवा भइसकेका सन्दीप लामिछाने पनि सो अभ्यास खेलमा जोडिने सम्भावना रहेको बताइएको छ।

कस्तो छ तयारी

पछिल्लो तीन सातामा राष्ट्रिय क्रिकेट टोलीले जम्मा सात वटा अभ्यास खेल खेल्ने तालिका थियो। त्यसअनुसार टोली मे महिनाको पहिलो साता अमेरिका उडेको थियो।

सुरुमा फ्लोरिडामा टोलीले केही दिन अभ्यासमा बितायो। त्यहाँबाट उनीहरू वेस्ट इन्डिज उडे।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा पुगेर टोलीले त्यहाँको स्थानीय टोली सेन्ट भिन्सेन्ट एन्ड विन्डवार्डसँग मे १४, १६ र १८ मा गरी तीन वटा मैत्रीपूर्ण खेल खेल्यो।

दीपेन्द्रसिंह ऐरीले कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गर्दै बनाए अर्को कीर्तिमान्

नेपाली महिला क्रिकेट टोलीलाई ठूलो मौका, अब भारत-पाकिस्तानसँग आमने सामने

तीनमध्ये टोलीले दुई खेलमा जित तथा एउटामा हार बेहोरेको थियो।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले यी तीन खेलमा नेपालका फरकफरक खेलाडीहरूको प्रयोग गरेका थिए।

अफिसियल वार्मअप अप म्याच खेल्न नेपाली टोली मे २५ मा डालास पुग्नेछ।

जुन १ बाट सुरु हुने विश्वकपमा नेपालले भने जुन ४ मा पहिलो खेल द नेदरल्यान्ड्ससँग खेल्नेछ।

त्यसपछि फ्लोरिडामा जुन १२ मा दोस्रो खेल खेलेर टोली वेस्ट इन्डिज लाग्नेछ।

वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बाङ्ग्लादेशसँग लिगको अन्तिम खेल खेल्नेछ।

नेपालको आगामी यात्रा यी ४ खेलको नतिजाले तय गर्नेछ।

नेपाली टोलीमा रहेकाहरू

नेपाली टोलीमा रहेका खेलाडीहरूमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, कमल सिंह ऐरी, प्रतिश जिसी, ललित नारायण राजवंशी र सागर ढकाल रहेका छन्।

त्यस्तै प्रतियोगितामा जाने नेपाली अधिकारीहरूमा मोन्टी देशाई (मुख्य प्रशिक्षक), वसन्त शाही (सहायक प्रशिक्षक), रड इस्टविक (बलिङ कन्सल्टेन्ट), नन्दन फाद्निस (क्रिकेट कन्सल्टेन्ट), रमण सिवाकोटी (एनालिस्ट), विक्रम न्यौपाने (फिजियो), अब्दुल सतार (स्ट्रेन्थ एन्ड कन्डिसन) र प्रदीप मजगैया (व्यवस्थापक) रहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.