आउँदा दिनहरु
-
१६असोज
-
१७असोज
-
१८असोजसप्तमी श्राद्ध/विश्व शिक्षक दिवस २ दिन पछि
-
१९असोज
-
२०असोज
-
२१असोजदशमी श्राद्ध ५ दिन पछि
-
२२असोजविश्व हुलाक दिवस ६ दिन पछि
-
२३असोज
-
२४असोजद्वादशी श्राद्ध ८ दिन पछि
-
२५असोज
-
२६असोज
-
२७असोजऔंसी श्राद्ध/ पितृ विसर्जन ११ दिन पछि
-
२८असोज
-
२९असोजविश्व खाद्य दिवस १३ दिन पछि
-
३०असोजअन्तर्राष्ट्रिय गरिबी निवारण दिवस १४ दिन पछि
-
१कार्तिकतुला संक्रान्ति १५ दिन पछि
-
४कार्तिकफूलपाती १८ दिन पछि
-
५कार्तिकमहाअष्टमी/ कालरात्रि १९ दिन पछि
-
६कार्तिकमहानवमी २० दिन पछि
-
७कार्तिक
-
८कार्तिकपापांकुशा एकादशी व्रत २२ दिन पछि
-
९कार्तिकदशैं बिदा/प्रदोष व्रत २३ दिन पछि
-
११कार्तिक
-
१४कार्तिकविश्व शहरीकरण दिवस २८ दिन पछि
-
१९कार्तिकराधाष्टमी व्रत ३३ दिन पछि
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ३६ दिन पछि
-
२३कार्तिकरमा एकादशी व्रत/विश्व स्वतन्त्रता दिवस ३७ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२६कार्तिक
-
२७कार्तिकसोमबारे औंसी ४१ दिन पछि
-
२८कार्तिक
-
२९कार्तिकभाई टिका / किजा पूजा ४३ दिन पछि
-
३०कार्तिकतिहार बिदा/अन्तर्राष्ट्रिय सहनशीलता दिवस ४४ दिन पछि
-
१मंसिर
-
३मंसिरछठपर्व व्रत/विश्व शौचालय दिवस ४७ दिन पछि
-
४मंसिरगोपाष्टमी/विश्व टेलिभिजन दिवस ४८ दिन पछि
-
५मंसिरकुष्मान्ड नवमी व्रत ४९ दिन पछि
-
७मंसिरहरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) ५१ दिन पछि
-
८मंसिरप्रदोष व्रत ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- Mangal Chauthi Vrata | Panchami Shraddha
- मङ्गल चौथी व्रत । पञ्चमी श्राद्ध
- World Non Violence Day | Chaturthi Shraddha
- विश्व अहिंसा दिवस । चतुर्थी श्राद्ध
- International Day of Older Persons | Tritiya Shradhha
- अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । तृतीया श्राद्ध
- Sohra Sraddha Praarambha (Pratipada Shraddha) | Dwitiya Shradhha
- सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) । द्वितीया श्राद्ध
- विश्व मुटु दिवस । पूर्णिमा व्रत । चेपाङ चोनाम पर्व
- World Heart Day । Poornima Vrata । Chepang Chonam Parva
- Indra Jatra: Relevance, history, and traditions.
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Taste Nepal ले अष्ट्रेलियामा ल्यायो "दामी Crispy Puff"
- आव्हान
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life
- मन छ
- नेपाल भाषा सम्बन्धी ऐतिहासिक निर्णय
- The Eternal Wisdom: Lord Krishna’s Teachings
- कृष्ण जन्माष्टमीमा आठ दिव्य उपदेश
- नेपाल विरुद्ध भारत : पूर्व समीक्षा
- मोटोपना
- साल्मोनेला सङ्क्रमण
- मुटुमा टासिंएजस्तै
- नेपाल विरुद्ध पाकिस्तान: पूर्व समीक्षा
- सुरक्षित भविष्यको लागि एकताबद्ध: विश्व परमाणु परीक्षण विरुद्ध दिवस
- एसिया कपमा प्रभाव पार्न सक्ने ५ नेपाली खेलाडीहरू
- Pride and Prejudice
- पाेल्टाभित्र डिही
- घरको छानो
- ओस्टियो आर्थ्राइटिस
- Hamro Patro's Fellowship 2023 : Congratulations Selected Candidates!
- मनका कुरा
- पाठशाला
- माया गर्नुको छुट्टै मज्जा
- मलाई फूल बन्नु छ
- Green Skills for Youth: Towards Sustainability
- केही व्यक्तिलाई दन्त उपचारको भय र त्रास किन हुन्छ?
- Hamro Patro Health - A Platform That Matters to All of Us!
- Hamro Patro's Fellowship 2023 Program Updates
- दुखी मन
- “The Truths We Hold: An American Journey.”
- कति धुनु गधालाई !
- सम्हाल्न सकिन
- “हाम्रो Fantasy league” मा Join गरेर जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार
- मित्रता दिवसमा साथीहरूलाई के उपहार दिने?
- The White Tiger
- पुस्तक समीक्षाः लक्षु किन बोल्दिन
- कल्याण मित्र
- जिन्दगी
- देश
- मत्स्य पुराणमा के छ ? मलमास विशेष
- वैज्ञानिक युगमा ज्योतिषीय परामर्शको सान्दर्भिकता
- Book Review: The White Tiger
- साधना नै सपनाकाे कडीः एकलव्य
- HamroPay ले पैसा व्यवस्थापनलाई कसरी सजिलो बनाउँछ ?
- अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !!
असोज शुक्ल प्रतिपदा
घटस्थापना / नवरात्र आरम्भ/अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस / विश्व हातधुने दिवस

दसैँ आयो
खाउँला पिउँला !
कहाँबाट ल्याउँला, चोरी ल्याउँला ! !
धत् पापी म त छुट्टै बसौला ! ! !
औँला भाँच्दै एक वर्षको प्रतीक्षा अब पूरा हुँदै छ । घटस्थापनासँगै दसैँ घर–घरमा प्रवेश गरेको छ । आज घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन को हार्दिक मङ्गलमय शुभकामना । २०८० सालको बडा दशैंको पहिलो दिन असोज २८ गते घटस्थापनाको शुभ साइत रहेको छ।
चाहे गाउँमा बस्नुहुन्छ या सहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवारविना । यो वर्षको दसैँको रौनकले तपाईँलाई छुने वाला छ । छुने मात्र होइन आजदेखि आधिकारिक रूपमा छोई नै सक्यो । ल है ! आज जमरा छर्ने दिन अर्थात् घटस्थापना ।
जमरा अर्थात् जौ को जीवन । जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । अनि नवरात्रिभरि नै हरेक दिन पूजा–अर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भए तापनि दसैँको जमरामा जौ लगायत धान, मकै र गहुँका पहेँला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ ।
माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौँ भन्ने स्पष्ट पार्छ । हिन्दुहरूको महान् पर्व दसैँमा जमरा संस्कृति एउटा मौलिक धरोहरको रूपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्न आजको दिन अर्थात् घटस्थापना महत्त्वपूर्ण दिन हो ।
नवरात्रिको सुरुवात
नवरात्रिको सुरुवात आजबाट भयो । अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । बिहान बिहान जमराको पूजा–पाठ गर्ने गर्नुपर्छ । अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिष सँगै जीवनमा खुसीयाली प्राप्त गरिन्छ ।
जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुरा चाहिँ परिवारको सङ्ख्या अनुसार निर्धारण गरिन्छ । संयुक्त परिवारहरूले निकै ठुलो ठाउँमा जमरा छर्ने गर्छन् भने परिवारका सदस्य सङ्ख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्छन् । यसरी छरिने जमरालाई माटोको चतुर्भुज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीका दिन भने आवश्यकता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यही जमरा, टिका अनि सद्भावले दसैँको रौनकता बढाउँछ । प्रत्येक मुहारमा दसैँको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।
दसैँको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक–फरक हुन्छ । कतै सामूहिक रूपमा दसैँ–घर स्थापना गरेर, गुठीमा या शक्ति पीठ अनि मठ–मन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजा कक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस् । यसरी प्रकाश नपरेका जमराका बालाहरू पहेँला हुन्छन् । घटस्थापनाबाट प्रारम्भ हुने दसैँको नवरात्रि भनेको जमराको नौ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दानाभित्र रहेको जीवन शक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।
१६ औँ शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिआएको छ ।
उहिले आजभोलि जस्तो यातायातको सहज सुविधा थिएन । त्यति बेला भने गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरू उभ्याउन लगाई एउटा कर्मचारीले अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दूरीमा भएकालाई हस्तान्तरण गरेर रीतपूर्वक फूलपातीलाई रिले दौड जस्तै गरी मानव साङ्लो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो ।
आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाडौँसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाडौँको जमलसम्म गाडीमा ल्याएर त्यसपछि तलेजु भवानीको मन्दिरमा अवस्थित दसैँ घरसम्म पारम्परिक बाजागाजासहित भित्र्याउने गरिन्थ्यो । गोर्खाबाट ल्याइएको फूलपाती कुनै पनि अवस्थामा चौबीस घण्टा नबित्दै काठमाडौँ ल्याइपुरयाउनु पर्ने मान्यता समेत रहेको छ ।
लमजुङको मोरियाकोटमा स्थानीयबासी हरूले राइनासकोटको तल्लो भेगलाई (धमलीकुवा र गरमवेशीका केही स्थानीय भेगहरू) परिक्रमा गर्दै तल रहेको दूध पोखरी खोला र मस्याङ्गदीको दोभानमा गई नुहाई–धुवाई गरी चोखो भई कुभिन्डो तथा अन्य मौसमी फलफूलहरू लगायत फूलपाती बोकेर राइनासकोटस्थित राष्ट्रिय विभूति सरदार वीर भक्ति थापाको मन्दिरमा फूलपाती ल्याएर पूजाआजा गर्ने गरिन्छ ।
स्मरणीय रहोस्, उक्त मन्दिर कुनै पनि देशभक्त वीरको नाममा स्थापित देशकै एक्लो मन्दिर हो । राइनासकोट एउटा अत्यन्त सुन्दर र मनमोहक दृश्यहरू भएको लमजुङ जिल्लाको पर्यटकीय स्थल हो, जहाँबाट १५ वटा जिल्ला देखिन्छ । यस ठाउँमा दसैँ लगायत शिवरात्रिमा पनि दर्शनार्थीहरूको विशेष भीड रहन्छ । यसबाहेक मेचीदेखि महाकालीसम्मका सम्पूर्ण शक्ति पीठहरू र काली माताको मन्दिरमा प्रातः कालदेखि नै मेला लाग्ने गर्छ ।
सभ्यताका प्रक्रिया अनि इतिहास हेर्दा मानवले जङ्गली युगको समाप्तिसँगै व्यवस्थित रूपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदीको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्र देशहरू अनि चीनमा पनि हजारौँ वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरि नै जौलाई धेरै पुरानो अन्नका रूपमा विशेष महत्त्वका रूपमा हेरिन्छ ।
तः छो
हाम्रा सनातन संस्कारहरू जौ, तुलसी, कुश र तिलविना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौलाई तः छो भनिन्छ भने अङ्ग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिकता निर्विकल्प छ । टिभी रेडियोमा आउने विज्ञापनहरूमा धेरै पौष्टिक भनिएका आयातित महँगा खाने कुराहरूमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्छ । यसमा ‘ऐण्टिअक्सिडेन्ट’ र ‘विटाक्यारोटिन’ लगायतका तत्त्वहरू पाइन्छ ।
यही जौको अङ्कुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरूलाई सद्भाव, सदाचार, समृद्धिसहितको दुर्गा भवानीको शक्ति प्राप्त होस् । जसरी छरिएको जमरा बिस्तारै अङ्कुरण हुँदै जान्छ, त्यो प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्छ अनि जरा पलाएपछि बिस्तारै जमराका पातहरू माथि–माथि बढ्न थाल्छ ।
त्यसै गरी सायद प्रकृतिले पनि हामीले हाम्रो जरा अर्थात् संस्कार, परम्परा र मानवीय आधारहरूका बारेमा जानकारी दिएको पनि हुन सक्छ । बिरुवाहरू जतिसुकै ठुला, अग्ला र मोटा भए पनि, उनीहरूको हाँगाले आकाशै छुन खोजे तापनि जरा भने माटोमै हुन्छ । अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर आकाशै छोए पनि हाम्रो बहुमूल्य मौलिक संस्कार र परम्पराको जग भने बिर्सन हुँदैन भन्ने महत्त्व दर्साउँछ ।
यो दसैँमा सबैको जय होस् । मङ्गल होस् । भ्रातृत्व बढोस् अनि शान्ति छाओस् । हाम्रो सिरमा जमरा शोभायमान रहोस् । बडा दसैँको मङ्गलमय शुभकामना ।
अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस
घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूलाई घरको काम बाहेक आयआर्जन मूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्याउनु यो दिवस मनाउनुको अर्को ठुलो उद्देश्य हो । संयुक्त राष्ट्र सङ्घको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउने क्रम सुरु भएको हो ।
नेपालमा ग्रामीण महिलाहरूको भूमिकालाई सम्मान गर्दै यो दिवस वि.स. २०७० देखि मनाउन थालिएको हो । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनको आवश्यकता पर्ने भएकोले त्यसका लागि ग्रामीण महिलाहरू नै महत्त्वपूर्ण प्रतिनिधि हुन भन्ने राष्ट्र सङ्घको बिचार रहेको छ । नेपाल जस्ता देशहरूमा भने सम्पत्ति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच पुग्न सकेको छैन । ग्रामीण महिलाहरूलाई सशक्तीकरणका माध्यमबाट सक्षम नागरिकका रूपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने विश्वास गरिएको छ ।
लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति र राज्यका हरेक निकायमा महिला त्यसमा विशेष गरी ग्रामीण महिलाहरूको पहुँच समान रूपमा सुनिश्चित हुनु अत्यावश्यक रहेको छ । महिला सशक्तीकरणका लागि विश्वव्यापी रूपमा प्रयासहरू नभएका भने होइनन् । विभिन्न आन्दोलन र अभियानहरूका कारण संयुक्त राष्ट्र सङ्घले सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घीय महिला वर्ष रुपमा मनाएको थियो । त्यसै गरी सन् १९७५ देखि १९८५ सम्मको समयलाई महिला दशक घोषणा गरी विभिन्न घोषणापत्रहरू जारी गरिएको थियो । सन् २००० देखि २०१५ सम्मको सहश्राब्दी विकास लक्ष्य अनुसार लैङ्गिक समानता, प्रवर्द्धन तथा महिला सशक्तीकरणका लागि प्रयासहरू गरिएका छन् । सोहीअनुरूप नेपाल जस्ता अल्पविकसित देशहरूमा छुट्टाछुट्टै कार्यक्रम तथा योजनाहरू बनाई कार्यान्वयन गरिँदै आएका छन् ।
वर्ष २०२३ को अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको नारा चाहिँ “Rural Women Cultivating Good Food for All” रहेको छ ।
विश्व हात धुने दिवस
विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग अनि सङ्क्रमणहरूका कारण लाखौँले मृत्यु भोगी सकेको तथ्याङ्कले भन्छ । स्मरण रहोस् अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो । सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र व्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको सङ्ख्यामा जीवन बचाउन सकिने अवस्था छ ।
खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानी ले मज्जाले मिचिमिची धुन जरुरी छ ।
विश्वमा हरेक ३ मध्ये एक जना नवजात बालबालिका झाडापखालाले औसतमा सङ्क्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । सुरु सुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारिता धेरै रहेको छ ।
यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाइ अनि स्वस्थपनाको जागरण दिलाउन हरेक वर्ष अक्टोबर १५ तारिखमा विश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन सुरु गरिएको हो । नेपालमा पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अनि अन्य विभिन्न गैर सरकारी संस्थाको अर्थपूर्ण सहभागितामा यस दिवस भव्यताका साथ मनाइन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार निम्न अवस्थामा हात धुन जरुरी हुन्छ:
शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्ना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरूलाई भेट्न अघि र भेटेपछि, धूम्रपान गरेपछि, फोहोर छोएपछि या बगैँचामा काम गरेपछि, जनावरहरूलाई छोएपछि ।
हात कसरी धुने ?
सर्वप्रथम सफा पानीले हात भिजाउने।
हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।
दुवै हत्केलालाई एक आपसमा दलेर औलाका कापसम्म साबुन पूर्याउने |
यसरी धुँदा हातको पछाडि, नगंका मुनी, औँलाका काप र नारी सम्म मिच्ने |
यसरी धुँदा औँलाका औँठी र घडीहरू निकालेर हात सफा गर्ने, यसो हुँदा औँठी र घडी मुनीका सूक्ष्म जीवाणुहरू पनि पखालेर सफा हुनेछन् ।
धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।
सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
औँठी या घडीहरू पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।
सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । याद गर्नुहोस्, कीटाणुहरू सबैतिर छन् र हामी यी कीटाणुहरूलाई देख्न सक्दैनौँ । यी कीटाणुहरूले हामीलाई बिरामी पार्दछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या सङ्क्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको सङ्क्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरूबाट जोगिनु नै बुद्धिमत्ता होला ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: