आउँदा दिनहरु
-
३१भदौ
-
१असोज
-
२असोजद्वादशी श्राद्ध २ दिन पछि
-
३असोज
-
४असोजचतुर्दशी श्राद्ध ४ दिन पछि
-
५असोज
-
६असोजघटस्थापना व्रत/नवरात्र आरम्भ ६ दिन पछि
-
७असोजअन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस ७ दिन पछि
-
९असोजविश्व फार्मासिस्ट दिवस ९ दिन पछि
-
१०असोजअन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस १० दिन पछि
-
११असोजविश्व पर्यटन दिवस ११ दिन पछि
-
१२असोज
-
१३असोजफूलपाती/विश्व मुटु दिवस १३ दिन पछि
-
१४असोज
-
१५असोज
-
१६असोजविजया दशमी/देवी विसर्जन/विश्व अहिंसा दिवस १६ दिन पछि
-
१७असोजपापांकुशा एकादशी व्रत/विश्व मुस्कान दिवस १७ दिन पछि
-
१८असोजदशैं विदा/शनि प्रदोष व्रत/विश्व पशु दिवस १८ दिन पछि
-
१९असोजविश्व शिक्षक दिवस १९ दिन पछि
-
२०असोजकोजाग्रत व्रत/पूर्णिमा व्रत २० दिन पछि
-
२१असोजकार्तिक स्नान २१ दिन पछि
-
२३असोजविश्व हुलाक दिवस/विश्व दृष्टि दिवस २३ दिन पछि
-
२४असोजविश्व मानसिक स्वास्थ्य दिवस २४ दिन पछि
-
२५असोजगैर आवासीय नेपाली दिवस २५ दिन पछि
-
२७असोजअन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस २७ दिन पछि
-
२८असोजभाैमाष्टमी व्रत/गोरखकाली पूजा/राधाष्टमी व्रत २८ दिन पछि
-
२९असोज
-
३०असोजविश्व खाद्य दिवस ३० दिन पछि
-
३१असोज
-
१कार्तिक
-
२कार्तिककाग तिहार/धनवन्तरी जयन्ती ३३ दिन पछि
-
३कार्तिक
-
४कार्तिकतिहार विदा ३५ दिन पछि
-
५कार्तिक
-
६कार्तिकभाइटीका/किजा पूजा ३७ दिन पछि
-
७कार्तिक
-
१०कार्तिकछठ पर्व ४१ दिन पछि
-
१२कार्तिकबुधाष्टमी व्रत/गोरखकाली पूजा/गोपाष्टमी ४३ दिन पछि
-
१३कार्तिककुष्मान्ड नवमी व्रत ४४ दिन पछि
-
१४कार्तिकविश्व शहरीकरण दिवस ४५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
भदौ शुक्ल तृतिया
हरितालिका तीज व्रत (महिला विदा)/विश्वकर्मा पूजा / कन्या संक्रान्ति / राष्ट्रिय चलचित्र दिवस/गणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस/वास्तु दिवस

तीजको नाम कसरी रहन गयो त ?
‘तीज’ शब्द नामकरण कसरी भयो भन्ने कुरामा हामीले थोरै अध्ययन गर्यौँ । जसमा प्राप्त जानकारीलाई यहाँहरूमाझ राख्दै छौँ । तीज वर्षा याममा निस्कने एक प्रकारको किरा भएको र वर्षा यामको उत्तरार्द्धमा भएको यो चाडको नामकरणको कथा यसै वर्षे किरासँग सम्बन्धित भएको पनि पायौँ । अर्कोतर्फ तिहार, त्यो हार भन्नाले उत्कर्षको चाडका रूपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्यो हारबाट तीजको स्वरूपमा आएको कुराहरू पनि पायौँ ।
वास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान् शिव पाउँ भनी गरेको १०८ वर्षको तपस्याको याद दिलाउने गर्छ । आधुनिक कालमा बर बधूले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन, तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरू तुहिएर जाने हामी सबैलाई थाहा छ । माता पार्वतीको असीम कृपाले प्रेम अनि प्रेमीहरूको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।
तीजको साँझ १०८ सुते बत्ती दियो प्रज्वलन गरिन्छ । ती दीपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्छ । पति–पत्नी, भावी पति, पत्नी अनि सम्पूर्ण परिवार बिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिका साथ अघि बढाउन सकोस् ।
हरितालिका तीज व्रत
भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । पति अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ । आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।
हरितालिका तीजको पौराणिक सम्बन्ध
हरितालिका पनि शिव पुराणको हिमालय पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन यद्यपि तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले पहिले भगवान् विष्णुको प्रार्थना गरेको र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाएको पौराणिक कथन छ । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिएको बताइन्छ । हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरि तालिका रहन गएको हो ।
विवाहित र अविवाहित महिलाहरूको वरदान
अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् ।
तीजको अर्थपूर्ण शुभकामना ।
विश्वकर्मा पूजा
को हुन विश्वकर्मा बाबा ?
विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।
विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन । आजको आधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्छदछन ।
विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन ।
असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् ।
मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस अनि दूर्घटनाबाट सुरक्षा मिलोस । भर्खरै गरिएका सोह्र श्राद्धका पितृकर्मले पितृहरुले मोक्ष पाउन , अनि शान्ति छावोस, आजको दिनको सबैलाई शुभकामना ।
वास्तु दिवस
विश्वकर्मा पुजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई प्रार्थमिक्तामा राखिन्छ, आजभोली यो चलन पूर्विय सभ्यतामा मात्र नभई पश्चिमाहरुमा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचिनतम बिज्ञान, वेद र खोजको धार हो, विश्वकर्मा बाबा निर्माणका पर्याय हुन र यिनी वास्तुविधाका पनि जानकार थिए, यसै कुरालाई मध्यनजर राख्दै एकैदिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ ।
दिशा र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिती अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरुपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर भनें सिगांपुर रहेको बताइन्छ, प्राचिनतम वास्तुशास्त्रको आधूनिक अवलम्वन अनुरुप सिंगापुरको वास्तु आत्मसाथ आजको विश्वका लागि ज्वलन्त उदहारण हो ।
वास्तुविधा र वास्तुशास्त्रको महत्व विश्वभरि फैलियोस्, कल्याण होस् ।
कन्या संक्रान्ति
वर्षमा १२ वटा महिना र १२ वटै संक्रान्ति हुन्छन्, यी १२ वटा संक्रान्तिहरुलाई ४ वटा वर्गमा वर्गिकरण गरिएको हुन्छ, आयन, विष्णुभा, विष्णुपादी र सदसितामुखी संक्रान्तिहरु। सम्पूर्ण संक्रान्तिहरु दान पूण्य क्रियाकलापकालागि अत्यन्त महत्वपूर्ण हुन्छन । हिन्दूहरुको सौर्य पात्रो अनुसार छैठौं महिनाको शुरुको दिन कन्या संक्रान्ति हो । आजका दिन सुर्य सिंह राशीवाट कन्या राशीमा प्रवेश गर्दछन, यसकारण पनि आज कन्या संक्रान्ति भनिएको हो ।
आजका दिन बिहानै उठेर जलकुण्डमा स्नान गर्ने र बिष्णुको आराधना गर्ने चलन छ । पितृ कर्मका लागि असोज महिनाको महत्व असाध्यै धेरै छ र आजवाट यस महिनाको सुरुवात हुँदै छ । अहिले यस वर्ष त झन कन्या संक्रान्ति का दिन सोह्र श्राद्धका पावन तिथिहरु चलिरहेका छन । पितृ कर्मका लागि प्रसिद्ध यस असोज महिना ले महान पर्व वडा दशैंको पनि सुरुवात गराँउछ । रौनक महिना असोजमा सबैलाई स्वागत छ ।
राष्ट्रिय चलचित्र दिवस
राष्ट्रिय चलचित्र दिवसको पृष्ठभूमि
चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको हो । शुरुवाती दिवसहरुमा एक सप्ताह नै यस चलचित्र सप्ताह अनि दिवसका रुपमा मनाउने अवधारणा रहे तापनि सुस्तरि असोज १ मा मात्र बिभिन्न कार्यक्रमहरु गरेर मनाउन थालियो । चलचित्र बिकास बोर्ड भने सन् २००० को ३० जूनमा स्थापीत संस्था हो जसको मुल उदेश्य चलचित्रको प्रर्वधन अनि चलचित्रकर्मीहरुको संस्थागत बिकास पनि रहेको छ ।
नेपाली चलचित्रको इतिहास
सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र सत्य हरिशचन्द्र जसलाई डि बी पराजुली ले निर्माण गरेका हुन् । त्यपछि नेपालमै उत्पादित चलचित्र आमा सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन गरिएको हो । सुस्तरि बिभिन्न आरोह अवरोह पार गर्दे अब नेपाली सिने जगत बिश्व मानचित्रमै आफ्नो छवी उभ्याउन सफल हुँदै गएको छ ।
बिसं २०२१ मा चलचित्र आमा मा तत्कालिन रेडियो गायक र संगीतकार शिब शंकर मानन्धर अनि रंगमञ्च अभिनेता सुश्रि भुवन चन्दले नायक नायिकाका रुपमा कार्य गरेका हुन् । त्यसपछि बिसं २०२३ मा अर्को बहुप्रतिक्षीत नेपाली चलचित्र माईतीघर प्रदर्शनमा आयो, अहिलेसम्म पनि काठमाडौको माईतीघर मण्डला उतिबेला त्यही चलचित्रको उत्पादन समुहको कार्यलय रहेका कारणले माईतीघर नामाकरण गरिएको छ । भारतीय अभिनेता माला सिन्हा र नेपाली सिपी लोहनी अभिनीत माईतीघरको जोडी पछि गएर बास्तविक जीवनका पनि जोडी बन्न गए ।
त्यसै गरि बिसं २०२४ मा हिजो आज र भोली अनि बिसं २०२८ मा परिवर्तन अनि मनको बाँध आदिजस्ता चलचित्रहरु आए । कहिले राते काँईला को त्रास अनि कहिले शंकर को साथ, कहिले ट्रक ड्राइभरको पिरती त कहिले बसन्तीको ईतिहास संगै नेपाली सिने जगतले रफ्तार लिँदै आयो । अहिले आएर कालो पोथी, निभ्न लागेको दियो, देश खोज्दै जाँदा आदिजस्ता बिश्वव्यापी जानसक्ने नेपाली चलचित्रहरु लाई कहिलेकाँही एरिक भ्यालीको क्याराभान अनि हनीहन्टर जस्ता छोटा तर मार्मिक भिडियोहरुले पनि धेरै सिकाएका हुन् ।
भारतीय दक्ष कलाकार अनि प्रविधी आयात गरेर बनाइने शुरुवाती नेपाली चलचित्रहरु अब ५० बर्ष पछिको अवस्थामा आफैंमा निर्भर र बिश्व गुणस्तरका हुन थालेका छन् । यसै क्षेत्रका अध्यन गरेर आएका अनि बुझेका नेपाली बिज्ञ अनि कर्मठ मष्तिष्क र हातहरुले क्यामरा अनि पर्दामा आफ्नो बाजी मारिरहेका छन् । केही तिता अनि केही मिठा अनुभव र उपलब्धीसंगै नेपाली चलचित्र आजको स्थानमा आइपुगेको हो ।
क्यामरा र पर्दा दुबै तर्फ लक्षिन बसोस्
समाजको सही दृश्य अनि संवाद चलचित्रमा हृदस्पर्श गर्ने गरि आओस्
नेपाली चलचित्रलाई माया गरौं
गणेश चतुर्थी
:: श्री गणेशाय नम ::
शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम् ।
विश्वाधारम् गगनसदृशम् मेघवर्ण शुभाङ्गम् ।।
लक्षमीकान्तम् कमलनयनम् योगिभिर्ध्यानगम्यम् ।
वंदे विष्णु भवभयहरम् सर्वलोकैकनाथम् ।।
"सृष्टिको रक्षा गर्ने भगवान विष्णुलाई म प्रणाम गर्दछु, जो प्रशान्त हुनुहुन्छ, जो दिव्य सर्पमा विराजमान हुनुहुन्छ, जसको नाभिबाट सृष्टिको शक्तिले कमल उत्पन्न हुन्छ, जो परमात्मा हुनुहुन्छ, जसले सम्पूर्ण ब्रह्माण्डलाई धारण गर्नुहुन्छ, जो परमात्मा हुनुहुन्छ। आकाश जस्तै सर्वव्यापी, जो बादल जस्तै कालो छ र भव्य रूप छ। लक्ष्मीका स्वामी, कमल नेत्र भएका, जो योगीहरूले ध्यानद्वारा बुझ्छन्, म तिमीलाई नमस्कार गर्दछु, लौकिक अस्तित्वको भय हटाउने र जो सबै जगतका स्वामी हुनुहुन्छ।"
भगवान् श्री गणेशको जन्मदिन
आज गणेश चतुर्थी अर्थात् हात्तीको टाउको भएका भगवान् श्री गणेशको जन्मदिन । हिजो तृतीया तिथि अर्थात् तिज अनि आज भाद्र शुक्ल चतुर्थी अर्थात् मंगलमुर्तिको जन्मदिन । कसै कसैले आजको दिनलाई विनायक चतुर्थी पनि भन्दछन् । गणेश भनौँ या विनायक भनौँ या गजा धर जे नामले सम्झिए पनि यी सम्पूर्ण नाम भगवान् गणेश कै हो । हिन्दुधर्मावलम्वीहरु हरेक शुभ कार्य, कर्मकाण्डी प्रक्रिया, पूजाआजा या नवीन चिन्तन सुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरू बिच एउटा चर्चित भनाई नै छ, "शुभ कार्यको श्री गणेश गर्ने" । यस दिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समय बजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ ।
गणेशको जन्म बारेको धारणा
१०८ वटा विभिन्न नाम भएका भगवान् गणेशलाई कला र साहित्यको भगवान् पनि मानिन्छ र उनको जन्मका बारेमा दुई खाले धारणा पाइन्छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी उक्त मैलबाट बनाइएको आकृतिबाट गणेश उत्पन्न भएका हुन । एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रूपमा गणेशलाई राख्नुभएको थियो । यी सब कुराबाट भगवान् शिवलाई जानकारी थिएन र सोही समय पार्वतीलाई भेट्न भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन भन्ने चाल नपाएरै गणेशको शिर छेदन गरिदिए । स्नान पश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसँग अनेक बिलौना गरेपछि देवाधिदेव महादेव उत्तरतर्फ गई हात्तीको शिर ल्याएर गणेशको शरीरमा प्रतिस्थापित गरेको कुरा उल्लेख गरेको छ ।
अर्को किवंदन्तीका अनुसार देवताहरूको विशेष आग्रहमा शिव पार्वतीले गणेशको सिर्जना गरेका हुन, गणेशलाई राक्षसी पथको विघ्नकर्ता र देव पथको विघ्न हर्ताका रूपमा सिर्जना गरिएको हो । वास्तवमा गणेश चतुर्थी नेपाल लगायत भारत, मरीसस, फिँजी लगायतका दक्षिण पूर्वी एसियाका देशहरूमा दश दिनसम्म मनाइने गरिन्छ । शुक्ल चतुर्थीमा सुरु हुने यो चाड अनन्त चर्तुदशीका दिनमा समापन गर्ने गरिन्छ । यसरी मनाउने क्रममा भगवान् गणेशको प्रतिमा स्थापित गरी रङ्गिन पण्डालहरु लगाएर ४ चरणमा पूजा गरिन्छ । प्राण प्रतिष्ठा अर्थात् भगवानको प्रतिमा स्थापित गर्ने, सादासोपचरा अर्थात् सोह्र तरिकाले भगवान् गणेशको अनुष्ठान गर्ने, उत्तर पूजा अर्थात् प्रतिमालाई एक ठाउँबाट अर्को ठाउँ लैजान तैयार गर्ने अनि गणपति विसर्जन अर्थात् प्रतिमालाई नदी, खोला अथवा सफा जलाशयमा मा विसर्जन गर्ने क्रमहरू हुन्छन् । यसरी सुरुमा स्थापित गरेको प्रतिमालाई अन्तमा लगेर औपचारिक रूपमा खोलामा विसर्जन गरेपश्चात् यस पर्वको समापन भएको मानिन्छ ।
गणेशचतुर्थि को चन्द्रमामा दोष
यस दिन देखिने चन्द्रमामा दोष हुन्छ तसर्थ चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहेको छ । विशेषतः तराई क्षेत्रमा विभिन्न फलफूल र अन्य तिहुन तरकारी छिमेकीका करेसाबारीबाट या गोठ वाट चोर्ने चलन छ । यस याममा हुने फलहरू जस्तै भोगटे, कागती, नरिवल, केरा अनि अम्बा लगायतका मौसमी फलहरू आजको रात चोरिन्छ । एउटाको गोठबाट गाई गोरु फुकाउने र अर्काको गोठमा बाँधिदिने या खेतमा वाली खाने गरि छोडिदिने, रुखहरू काटिदिने आदिजस्ता रमाइलोको नाममा उत्पट्याङ्ग हर्कतहरु पनि गरिन्छ जुन अवश्य पनि राम्रो हैन ।
चाडपर्वहरू समानता र सौहार्द्यताको परिधिबाहिर जान हुँदैन र चाडपर्वले समाजमा वैमनस्य हैन अपनत्व र सदाशयता बढाउन सक्नुपर्दछ । आजको साँझमा चन्द्र देखिहाल्नु भयो भने दोष कटाउनका लागी रचनात्मक तरिका अपनाउनुहोला । अनि यदि तपाइको घरमा फलका वृक्षहरू छन् भने राती बसेर तिनको सुरक्षा गर्नुहोला किनभने आज चौथीको चोर चौथी हान्न सक्रिय हुन सक्छन् ।
राष्ट्रिय धर्म सभा दिवस
राष्ट्रिय धर्म सभा दिवस को पृष्ठभूमि
विसं। २०६६ बाट नेपालभर राष्ट्रिय धर्म सभा दिवस मनाउने चलन छ । आजभन्दा करिब १०० वर्ष पहिलेको नेपालमा यहाँहरूलाई लिएर जान चाह्यौँ जति बेला चन्द्रशमशेर नेपालमा श्री ३ प्रधानमन्त्री थिए । नेपालको आधुनिक इतिहासमा बि।सं। १९६१ मा प्रथम पटक धर्म सभा भएको पाइन्छ जब चन्द्रशमशेरले सम्पूर्ण विद्वान अनि पण्डितहरूलाई निम्तो दिएर एक हप्ता लामो धर्म सभाको आयोजन गरेका थिए । त्यस धर्म सभा पछि नै नेपालको आधिकारिक र औपचारिक सम्वत विक्रम सम्वत भएको हो ।
आधुनिक नेपालमा धर्म सभाको थालनी हुनुको कारण
आधुनिक समयमा भने धर्म सभाको सुरुवात को पृष्ठभूमि फरक छ ।
विसं २०६६ सालमा तत्कालीन नेपाल सरकारले ३ वटा संवेदनशील निर्णय लिन खोजेको थियो । नेपालको औपचारिक सम्वतलाई ई सं बनाएर केवल ११ महिनाको एक वर्ष बनाउने सरकारी कदम थियो यसका साथै पशुपतिमा नेपाली भट्ट पुरोहित राख्ने निर्णय पनि त्यतीबेलाकै रहेको थियो।
विक्रम सम्वत आफैमा नेपाल सम्वत र ई।सं। दुबैका बहुल गुणहरू सहित वैज्ञानिक मात्र नभई नेपाली पहिचानको कडी हो । त्यसपश्चात् नेपाली परम्पराको रक्षार्थ औपचारिक रूपमा धर्म सभा को दर्ता गरिएको थियो । तीजपछिको गणेश चतुर्थीका दिन हरेक वर्ष राष्ट्रिय धर्म सभा मनाउने चलन रहेको पनि गुरु माधव भट्टराई ले हाम्रो पात्रोलाई बताउनुभयो ।
सनातन संस्कार अनि परम्पराले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश हो र धर्मसभा मार्फत् सम्पूर्ण धर्म, समुदाय अनि परम्पराहरूको रक्षा गर्ने साझा थलोको निर्माण गर्नेछ साथै राष्ट्रिय धर्म सभा नेपाल एउटा सस्थांका रुपमा नेपाली जनको धर्म अनि वैदिक सनातन संस्कार मात्र नभई सम्पूर्ण नेपालीका पहिचान र परम्परा जोगाउने कार्यमा निरन्तर लागेको छ ।
यसरी नेपाली संस्कारमा वैदिक सनातन अभ्यास, पहिचान, वैदिक चलन, अन्य धर्म संस्कृतिको रक्षार्थ धर्म सभा ले पञ्चागं निर्णायक समितिसँग पनि नजिकै रहेर कार्य गर्ने, हरेक वर्षका पात्रोहरूमा समावेशी चाड अनि तिथिहरू समावेश गराउने सम्मका कार्यहरूको पनि पहरेदार गर्दछ । हरेक वर्ष धर्म सभा समितिले पण्डित सम्मेलन गर्दै तिथीमिती अनि चाडपर्व लगायतमा कुरा अनि नियमहरूको रक्षा र संवर्द्धन गर्ने कार्य गरेको छ ।
यस वर्षको धर्म सभा दिवसले आगामी वर्षहरूमा पनि नेपाली जनको पहिचान, आस्था, परम्परा र रीतिलाई जोगाउने कुरामा अग्रगामी कदम चालोस् । नेपाली जनको पर्याय मोबाइल सहयात्री आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूमा धर्म सभा दिवसको शुभकामना व्यक्त गर्दछ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
३१भदौ
-
१असोज
-
२असोजद्वादशी श्राद्ध २ दिन पछि
-
३असोज
-
४असोजचतुर्दशी श्राद्ध ४ दिन पछि
-
५असोज
-
६असोजघटस्थापना व्रत/नवरात्र आरम्भ ६ दिन पछि
-
७असोजअन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस ७ दिन पछि
-
९असोजविश्व फार्मासिस्ट दिवस ९ दिन पछि
-
१०असोजअन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस १० दिन पछि
-
११असोजविश्व पर्यटन दिवस ११ दिन पछि
-
१२असोज
-
१३असोजफूलपाती/विश्व मुटु दिवस १३ दिन पछि
-
१४असोज
-
१५असोज
-
१६असोजविजया दशमी/देवी विसर्जन/विश्व अहिंसा दिवस १६ दिन पछि
-
१७असोजपापांकुशा एकादशी व्रत/विश्व मुस्कान दिवस १७ दिन पछि
-
१८असोजदशैं विदा/शनि प्रदोष व्रत/विश्व पशु दिवस १८ दिन पछि
-
१९असोजविश्व शिक्षक दिवस १९ दिन पछि
-
२०असोजकोजाग्रत व्रत/पूर्णिमा व्रत २० दिन पछि
-
२१असोजकार्तिक स्नान २१ दिन पछि
-
२३असोजविश्व हुलाक दिवस/विश्व दृष्टि दिवस २३ दिन पछि
-
२४असोजविश्व मानसिक स्वास्थ्य दिवस २४ दिन पछि
-
२५असोजगैर आवासीय नेपाली दिवस २५ दिन पछि
-
२७असोजअन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस २७ दिन पछि
-
२८असोजभाैमाष्टमी व्रत/गोरखकाली पूजा/राधाष्टमी व्रत २८ दिन पछि
-
२९असोज
-
३०असोजविश्व खाद्य दिवस ३० दिन पछि
-
३१असोज
-
१कार्तिक
-
२कार्तिककाग तिहार/धनवन्तरी जयन्ती ३३ दिन पछि
-
३कार्तिक
-
४कार्तिकतिहार विदा ३५ दिन पछि
-
५कार्तिक
-
६कार्तिकभाइटीका/किजा पूजा ३७ दिन पछि
-
७कार्तिक
-
१०कार्तिकछठ पर्व ४१ दिन पछि
-
१२कार्तिकबुधाष्टमी व्रत/गोरखकाली पूजा/गोपाष्टमी ४३ दिन पछि
-
१३कार्तिककुष्मान्ड नवमी व्रत ४४ दिन पछि
-
१४कार्तिकविश्व शहरीकरण दिवस ४५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ

Liked by: