आउँदा दिनहरु
-
१चैत
-
२चैत
-
५चैतसामाजिक कार्य दिवस/मंगलचौथी व्रत ४ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ६ दिन पछि
-
८चैत
-
९चैत
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस १० दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत १३ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय १४ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) १५ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस १६ दिन पछि
-
१८चैत
-
१९चैतविश्व मूर्ख दिवस/गौरी व्रत १८ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस २३ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत २५ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत २७ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस २८ दिन पछि
-
३०चैत
-
१वैशाखनयाँ वर्ष/मेष संक्रान्ति/बिस्का: जात्रा ३१ दिन पछि
-
२वैशाखविश्व कला दिवस ३२ दिन पछि
-
३वैशाखस्वामी शशिधर जन्मजयन्ती ३३ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ३५ दिन पछि
-
७वैशाखरविसप्तमी व्रत ३७ दिन पछि
-
८वैशाखगोरखकाली पूजा/छन्द दिवस ३८ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ३९ दिन पछि
-
१०वैशाखविश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस ४० दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ४३ दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ४४ दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४५ दिन पछि
-
१६वैशाखपरशुराम जयन्ती/अन्तर्राष्ट्रिय नृत्य दिवस ४६ दिन पछि
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ४७ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ४८ दिन पछि
-
१९वैशाख
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
साहित्य / ब्लग
- फागु पुर्णिमा (तराई होली) | विश्व उपभोक्ता अधिकार दिवस | मीन संक्रान्ति
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- World Oral Health Day | International Day of Happiness
- विश्व मुख स्वास्थ्य दिवस | अन्तर्राष्ट्रिय खुशी दिवस
- सामाजिक कार्य दिवस | मंगलचौथी व्रत
- Social Work Day | Mangal Chauthi Vrata
- Ganagaur Puja Praarambh । Tel Lagaune Ra Aapko Mujura Khane Din
- गणगौर पूजा प्रारम्भ | तेल लगाउने र आँपको मुजुरा खाने दिन
- Fagu Poornima (Terai) | World Consumer Rights Day | Meen Sankranti
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- Fagu Poornima | Holi | Poornima Vrata
- फागु पुर्णिमा (पहाडी जिल्ला) | पूर्णिमा व्रत
- Pradosh Vrata
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- साथी
- लिएर जान्छन्
जेठ कृष्ण औंसी
युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती | शनि जयन्ती | अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

नेपाली तथा नेपालभाषाका महान्स्रष्टा एवम् नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको जन्म पूर्व ३ नं. सगरमाथा अञ्चलको ओखलढुङ्गामा वि. सं. १९६९ साल जेठ ९ गते मङ्गलबार शुक्लपञ्चमीका दिन भएको थियो । उनका पिताको नाम विष्णुचरण श्रेष्ठ र माताको नाम नीरकुमारी श्रेष्ठ हो । उनको ११ वर्षसम्मको बाल्यजीवन ओखलढुङ्गामैं बित्यो र त्यसपछि मातापिताका साथ उनी काठमाडौँ आएर आफ्नो पैतृक घर ओमबहालमा बस्न थाले । प्रथम नेपाली सामाजिक उपन्यास ‘सुमती’का स्रष्टा विष्णुचरण श्रेष्ठका सुपुत्र सिद्धिचरणले कक्षा ८ सम्म काठमाडौँस्थित दरबार स्कलमा अध्ययन गरेपछि माध्यमिक तहसम्मको शिक्षा भारतको कलकत्ताबाट हासिल गरेको देखिन्छ । तत्पश्चात् उनले पूर्वीय तथा पाश्चात्य भाषा, साहित्य, कला, दर्शन आदिको स्वाध्ययनका भरमा विशिष्ट ज्ञान आर्जन गरेको देखिन्छ ।
उनले काठमाडौँस्थित (नेपालको पहिलो अङ्ग्रेजी स्कुल) महावीर स्कूलको अङ्ग्रेजी विषयको शिक्षक भई अध्यापन गरेको पाइन्छ । १५ वर्षको उमेरदेखि कविता लेखनमा संलग्न सिद्धिचरणको राजनीतिमा पनि अभिरुचि थियो र उनैले सर्वप्रथम नेपाली साहित्यमा ‘हड्ताल’ शब्दको प्रयोग गरेका थिए । वि.सं. १९९७ मा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने उद्गार लेखेबापत उनले अठार वर्षको कठोर जेल सजाय पाए । सर्वस्व हरणसहित उनले जेलजीवन बिताइरहेका बेला पिताको देहावसान हुँदा उनलाई परम्परागत विधिअनुसार काजक्रियासमेत गर्नबाट वञ्चित गरियो । त्यतिबेला उनले लेखेका अनेकौँ काव्यकृति नष्ट गरियो ।
उनले नेपालको प्रथम दैनिक पत्रिका ‘आवाज’को प्रथम सम्पादक भई कुशलतापूर्वक कार्यसम्पादन गरेका थिए । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित ‘कविता’ पत्रिकाका उनी प्रधान सम्पादक भएका थिए । उनको नेतृत्वमा प्रज्ञाप्रतिष्ठानले ‘कविता महोत्सव’को आयोजना सुरु गरेको थियो । सो अद्यापि सञ्चालन हुँदै आएको छ । उनले शान्ति समिति, लेखक सङ्घ, सहिद स्मारक समिति, जनकल्याण केन्द्र, नेपाली शिक्षा परिषद्, नेपाल शान्ति परिषद् आदि सङ्घ–संस्थाहरूको अध्यक्षका रूपमा रहेर काम गरेका थिए । वि. सं.
२०१४ देखि नै नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य रहेका थिए ।
युगकवि सिद्धिचरण श्रेष्ठले भारत, चीन, रूस, श्रीलङ्का, बर्मा, कोरिया, डेनमार्क, मङ्गोलिया आदि देशको भ्रमण गरेर थरी–थरीका अनुभव बटुलेका थिए भने उनलाई त्रिभुवन प्रज्ञापुरस्कारका साथै लेखकहरूलाई प्राप्त हुने सबैभन्दा ठूलो सम्मानजनक पुरस्कार ‘पृथ्वी प्रज्ञापुरस्कार’ पनि प्राप्त भएको थियो । यसका अतिरिक्त उनी अनेकौँ सङ्घ–संस्था र जनस्तरबाट सम्मानित, अभिनन्दित र पुरस्कृत पनि भएका थिए । वि. सं. १९८४ देखि नै कविता लेख्न थालेका सिद्धिचरण श्रेष्ठ वि.सं. १९९० मा ‘भुइँचालो’शीर्षकको कविता प्रकाशनमा ल्याएर नेपाली काव्यजगत्मा सार्वजनिक रूपमा प्रकट भएका थिए । आफ्नी माताबाट रामायण र महाभारत सुनेर कविताप्रति आकर्षित सिद्धिचरण लेखनाथ पौड्याल र अन्य समकालीन कवि तथा साहित्यकारहरूका साथै आफ्ना पिता विष्णुचरणबाट पनि प्रशस्त प्रभावित भएका थिए । उनले आफ्नो जीवनको साढे छ दशक लामो साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण, संस्मरण आदि विभिन्न विधामा सफलतापूर्वक कलम चलाएर सिङ्गो युगको निर्माण गरेको पाइन्छ । राणा शासनको कठोर समयदेखि कविताका माध्यमबाट क्रान्तिको सन्देश फिँजाउने र युगको आवाज घन्काउने सिद्धिचरणले २००७ सालको परिवर्तनपछि नेपाली साहित्यको बहूआयामिक संवर्द्धनमा निरन्तर रूपमा संलग्न भई विशिष्ट योगदान दिए । यथार्थवादी भावभूमि अनि प्रगतिवादी चिन्तनको प्रतिष्ठापनमा उनको योगदान गहन रहेको छ । सर्वोच्च नेता गणेशमान सिंह, कम्युनिष्ट नेता पुष्पलाल र सहिद गंगालालका प्रेरक व्यक्तित्व युगकवि सिद्धिचरण श्रेष्ठ नेपालको राजनीतिमा समेत उल्लेखनीय रहेका छन्।
युगकवि सिद्धिचरण श्रेष्ठले पुर्याएको विशिष्ट योगदानलाई चिरस्मरणीय तुल्याउन युगकवि सिद्धिचरण प्रतिष्ठान, सिद्धिचरण नगरपालिका (ओखलढुङ्गा), सिद्धिचरण स्मृति गुठी, युगकवि सिद्धिचरण उ. मा. वि., ओखलढुङ्गा, युगकवि सिद्धिचरण प्रा.वि., जलेश्वर आदिको स्थापना र सिद्धिचरण राजमार्ग (कटारीदेखि ओखलढुङ्गा), काठमाडौँमा सिद्धिचरण मार्ग १–२ र सिद्धिचरण सडक, सिद्धिचरण विहार, सरकारद्वारा हुलाक टिकटको प्रकाशन, ओखलढुङ्गा, सिराहा जिल्लाको मिर्चैया र काठमाडौँमा २३ वडास्थित सिद्धिचरण चोक र कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हातामा प्रतिमा स्थापनालगायतका कामहरू सम्पन्न भएका छन् । साहित्य क्षेत्रलाई युगानुरूप अघि बढाउन उनले गरेको साधनाको सम्मानमा नेपाली जनमानसले उनलाई ‘युगकवि’को उपाधिद्वारा सम्मान प्रकट गरेको पाइन्छ ।
नेपाल भाषामा समेत ‘कविरत्न’को उपाधिद्वारा विभूषित युगकवि सिद्धिचरण श्रेष्ठ राणाशाहीका विरुद्ध भएको आन्दोलन, तत्पश्चात् भएका अनेकौँ प्रजातान्त्रिक एवम् लोकतान्त्रिक आन्दोलनमा उनको प्रेरणादायी सहयोग र समर्थन सधैँरहेको थियो । उनले राष्ट्रिय जीवनको अभ्युत्थानमा जीवन्त साहित्यिक रचनाका माध्यमबाट ऐतिहासिक भूमिका निर्वाह गरेको भेटिन्छ । यस्तै नेपालको राष्ट्रिय एकता भावको संरक्षण र संवर्द्धनमा उनको योगदान हामी सम्पूर्ण नेपालीका लागि चिरस्मरणीय र गौरवका रूपमा रहेको छ । नेपालको प्रथम राष्ट्रिय गान ‘हिमगिरि मण्डित सुगन्ध शोभित जय जय आमा नेपाल !!!..’ (२००५) का रचयिता, नेपालभाषामा कविरत्नका रूपमा विभूषित सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक, प्रजातन्त्र, राष्ट्रियता, समानता, स्वतन्त्रताका महान्उपासक एवम् विभिन्न पत्रपत्रिकाका सम्पादक, प्रधान सम्पादक, आलोचक, विभिन्न पदक र विभूषणले विभूषित, विभिन्न सङ्घ–संस्थाका संस्थापकका रूपमा ख्यातिप्राप्त रहेका छन् । यस्ता महानयुग प्रवर्तक स्वर्ण शताब्दी वर्ष (२०६८–२०६९) को पुनीत अवसरमा युगकवि सिद्धिचरण प्रतिष्ठान र स्वर्ण शताब्दी वर्ष समारोह समितिद्वारा उहाँको अतुलनीय योगदानको राष्ट्रिय(अन्तर्राष्ट्रिय जगत्मा सुयश फैलाई उनलाई सम्मान प्रकट गर्ने प्रयत्न गरियो । यस्ता रचनात्मक तथा सिर्जनात्मक व्यक्तित्व र कार्य भावी सन्ततिका निम्ति प्रेरणास्रोत र मार्गदर्शनका रूपमा रहने कुरा स्पष्ट छ । यस्ता साहित्यका महान् विभूति युगकवि सिद्धिचरण श्रेष्ठको देहावसान २०४९ जेठ २२ गते जन्म तिथि शुक्लपञ्चमीकै दिन काठमाडौँमा भएको हो र।
शनि जयन्ती
ज्यष्ठकृष्ण औंशीको दिन शनि जयन्तीको रुपमा मनाउने गरिन्छ । मानिन्छ कि यसदिन शनिदेवको पूजा एवम् आराधना गर्नाले सम्पूर्ण शनिको ग्रहजन्य दुश्प्रभाव र अशुभफल नासभई मनोवाञ्छित शुभफल मिल्ने शास्त्रीय कथन छ । जो जातक शनिको दुष्प्रभावले अनेकौं समस्या झेलिरहेकाछन् उनीहरुकोलागि शनि जयन्ती कल्याणकारीअनि रामबाण सिद्ध हुनसक्दछ । जस्को जन्म कुन्डली, वर्ष कुन्डली, गोचरदशा, महादशा, अन्तरदशा, प्रत्यान्तरदशा, सुक्ष्मप्रत्यान्तरदशा, अढैया, साढ़ेसाती आदिमा शनिको कुदृष्टि भई अप्रिय फल एवम् आफ्नो भाग्यमा रुकावटका साथै अनेकन समस्याहरुबाट पीडितहुनेहरूलाई शनि जयन्तीकोदिन शनिदेवलाई प्रसन्न पर्न सके मनोवाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।
शनिदेव भगवान् सूर्य र छायाको पुत्रहुन् । शनिलाई सौर्यमण्डलको सबैभन्दा टाढाको ग्रह र बृहस्पति पछिको सबैभन्दा ठुलो ग्रह मानिन्छ । शनि तुलाराशिमा उच्च र मेष राशिमा नीच हुन्छ । कुण्डलीमा तेस्रो, सातौं र दशौँ स्थानमा शनिको पूर्णदृष्टि रहन्छ । बुध र शुक्र शनिका मित्रग्रह हुन्, बृहस्पति सम हो भने सूर्य, चन्द्र र मंगलग्रह शत्रु हुन् । शनि ग्रह वायु तत्त्व र पश्चिम दिशाका स्वामी हुन् । शनिको अधिदेवता प्रजापति र प्रत्यधिदेवता यम हो । शनिको वर्ण कृष्ण छ । शनिको शिरमा स्वर्णमुकुट र निलो वस्त्र धारण गर्नुभएको वहाँ गिद्धमा सवारी गर्नुहुन्छ । फलित ज्योतिषको अनुसार शनिलाई अशुभ मानिन्छ शनि नवग्रह मध्ये शनिको स्थान सातौं हो । शनि एउटा राशिमा तीस महीनासम्म रहन्छ । शनि सुस्त-सुस्त हिड्ने भएकाले शनिलाई शनैश्चरपनि भनिन्छ । शनिलाई मकर र कुम्भ राशिको स्वामी मानिन्छ । शनिको महादशा १९ वर्षसम्म रहन्छ । शनिको गुरूत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणाछ बढी रहेकोछ । मानिन्छ कि गुरुत्वबलको कारण हाम्रो राम्रो र नराम्रो विचार चुम्वकीय शक्तिद्वारा शनिसम्म पुग्दछ र जस्को कृत्य कार्य अनुसार परिणामपनि चाडै मिल्दछ ।
शनिजन्म जयन्तीको संदर्भमा स्कन्द पुराणमा एउटा पौराणिक कथा छ, जस अनुसार शनि, सूर्यदेव र उनकी पत्नी छायाको पुत्र हुनुहुन्छ । सूर्यदेवको विवाह संज्ञा संग भयो तर केहि समयपश्चात् संज्ञाबाट तीन सन्तानको रूपमा मनु, यम र यमुनाको जन्म भयो । केहि समयत संज्ञाले सूर्यको साथ जीवन निर्वाह गरिन् तर केहि समय पश्चात् संज्ञाले सूर्यको तेज धेरै समयसम्म सहन गर्न सकिनन् र तेसै कारण संज्ञाले आफ्नो बहिनी छायालाई पति सूर्यको सेवामा छोडेर त्यहाँबाट संज्ञा गइन्, केहि समय पश्चात् छायाको गर्भबाट शनि देवको जन्म भयो । एकदिन जब सूर्यले शनिलाई कालो वर्णको देखेर आफ्नो पत्नी छायाँलाई आरोप लगाएकि 'शनि मेरो छोरो हैन' । जब शनिलाई आफ्नो मातामाथी यस्तो आरोप लागेको थाहापाए र आफ्नो पिता सूर्यसंग क्रोधित भए, यसै कारणले शनि र सूर्यमा वैर भावना रहेको हो भनिएकोछ ।
शनिलाई क्रूर ग्रहको संज्ञा दिइन्छ, जुन शनिलाई आफ्नो पत्नीको श्रापको कारण क्रूर बन्नुपरो । आखिरमा शनिको दृष्टि किन यति क्रुर भयो त ? 'ब्रह्म पुराण'का अनुसार शनि सानैदेखि विष्णु भगवानका परम भक्त थिए । पछि उनको विवाह चित्ररथ नामक गन्धर्वकी छोरीसँग विवाह हुन पुग्यो । शनिकी पत्नी अत्यन्तै धार्मिक एवं पतिव्रता थिइन् । कुनै समयको रात्रिकालमा शनिपत्नीले आफ्नो पतिसँग ऋतुदानको इच्छा गरिन् तर शनिदेव त्यतिबेला भगवान् विष्णुको ध्यानमा मग्न थिए, कामातुर पत्नीले धेरैबेर प्रतिक्षा गर्नुपर्यो, फलत: उनको ऋतुदर्शन निश्फल हुनपुग्यो । त्यसैबेला शनिकी कामक्रुद्धा पत्नीले आफूतिर नफर्किएको र ध्यानमा लिप्त भएको देखेर श्राप दिइन् कि- आजबाट "तिम्रो दृष्टि जसमा पर्दछ उसको सर्वस्व नाश होस्" यसरी कमवेगमा आएर आफ्ना पतिलाई श्राप दिईन्, पछि पश्चाताप पनि भयो । पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य शनिमा थिएन उनकी पत्नी तपस्वी एवं पतिव्रता थिइन् । त्यसपछि शनिले यथासम्भव कसैलाई पनि दृष्टि नपरोस् भनेर टाउँको निहुर्याएर हिड्नथालेको कथा वर्णित छ ।
शनिदेवलाई न्यायप्रिय राजा मानिन्छ । स्कन्दपुराणको काशीखण्डमा वर्णित कथाअनुसार एकदिन सूर्य तथा छायापुत्र शनिले आफ्नो पिता सूर्यसँग प्रार्थना गरेर भने म यस्तो पद प्राप्त गर्न चाहन्छु सम्पूर्ण चराचरजगत् तथा नवग्रहहरू मध्ये सबैभन्दा शक्तिशाली एवं उच्च पद प्राप्त गर्न सकौं जुन पद अहिलेसम्म कसैलेपनि प्राप्त गर्न सकेका छैनन, "हजुरको मण्डल भन्दा मेरो मण्डल सात गुणा ठूलो होस्, देवता, दानव, असुरआदि कसैले पनि मेरो वेगको सामना गर्न नसकुन् । मेरो शुभ दृष्टि जसलाई पर्छ उसको कल्याण होस् र जसलाई क्रूर दृष्टिपर्छ उसको सर्वनाश होस्" शनिले यस्तो भनेपछि छोराको यस्तो उद्देश्य सुनेर सूर्यदेवले काशीमा गएर भगवान् महादेवको भक्ति एवं आराधना गर्न सल्लाह दिनुभयो, आफ्नो पिताको आज्ञा अनुसार शनिले काशीमा गई शिवजीको घोर तपस्या गरी शिवजीलाई प्रसन्नगरी नव ग्रहहरूमध्यको एउटा उच्च पद प्राप्त गर्नुभयो । त्यसै समयदेखि शनिलाई भगवान् शिवले नवग्रहको न्यायाधीशको काम पुम्पिनु भएको थियो र त्यसै कारण सम्पूर्ण जगत् शनिदेवसंग भयवित रहन्छन् । शनिदेवकी आफ्नै पत्नीकै श्रापको कारण जो कोहिमाथि शनिको दृष्टि अढैया, साढ़ेसाती, शनिको कुदृष्टि आदिको कारणले अप्रिय फल दिन बाध्य हुनुहुन्छ । शनिग्रहको कुदृष्टिले एउटा राजालाई रातारात रैती बनाउँछ भने शुभ दृष्टिले एउटा भिखारीलाई रातारात सम्पन्न र समृद्धिशाली बनाउँने सामर्थ्य शनिमा हुन्छ र शनिकै दृष्टिदोषका कारण भगवान् शिवजी, गणेश, राम, रावण, तथा पाण्डवहरू आदिले अनेकौं दुख,कष्ट झेल्नु परेको थियो भन्ने पौराणिक कथाहररू पाईन्छ ।
आजको दिन हनुमनजीको आरधनाको पनि महत्व छ | रावणको योग बलबाट बंदी शनिदेवलाई लंका दहनको समयमा हनुमानजीले बंधन मुक्त गरिदिनु भएको थियोरे त्यसै बंधन मुक्त गरेको कारणले शनिदेवले हनुमानजी संग वर मग्नु भन्दा हनुमानजीले भन्नुभयो कलियुगमा जो कसैलेपनि मेरो आराधना गर्छ उसलाई कहिले अशुभ फल नदिनु, कुदृष्टि नराख्नु भन्दा शनिदेवले यस्तै हुनेछ भन्नुभएको थियोरे त्यसै समयदेखि जो व्यक्ति हनुमानजीको पूजा गर्दछ, शनिदेव वचनबद्ध भएको कारण आफ्नो प्रकोप गरी शुभफल प्रदान गर्नुहुन्छ भन्नेकुरा लोकमा व्याप्तछ ।
आजको यस शनि जयन्तीको दिन आजको दिन फलाम, निलम, तेल, शिसा, तिल, मास एवम् कालो वस्तुहरूको अधिपति शनिदेव रहेकै कारण उपरोक्त वस्तुहरू असहायहरूलाई दान गर्नाले शनिदेव प्रसन्न रहनु हुनेछ, यसका साथै यथा शक्ति एवम् भक्तिले शनिदेवको पुजागरी, तिलको तेलमा बत्ती बाल्ने, निमुखा प्राणीलाई उद्धारगर्ने र आहार दिने साथै अशक्त एवम् असहायलाई भोजन र दानदक्षिणा गर्नाले शनिजन्य ग्रहपिडा कम भई शुभफल मिल्नेकुरा शास्त्रमा वर्णित छ । आजको दिन हनुमनजी, गणेशजी, विष्णुजी तथा शिवजी को दर्शन गर्नाले ग्रहपिडा कम हुनेछ । आजको दिन वृक्षारोपण गर्नालेपनि भाग्यमा वृद्धि हुनेछ । शुद्ध चित्तले शनिदेवको ध्यान गर्दै ॐ शं शनैश्चराय नम:, ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम:, ॐ भानुपुत्राय नम:, ॐ क्रूराय नम:, ॐ धनदाय नम:आदि मन्त्रहरूको जप गर्नालेपनि शनिदेवलाई प्रसन्न पार्न सकिन्छ । यदि कोई जातक अन्याय, धोका, अत्याचार, दुराचार, कुकर्मआदि अनैतिक कार्य गर्दैनभने शनिदेवबाट डराउनुपर्ने कुनै कारण रहँदैन । किनकि शनिदेव सत्कर्म र सत्मार्गमा लागेका जतकहरूलाई अनावस्यक कष्ट कदापी दिनुहुन्न, जय शनिदेव ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
यस वर्षको मे २२ पनि अरु वर्षहरु झै विश्व समुदायले जैविक विभिदता दिवसका रुपमा मनाँउदैछ ,आउनुहास आज यसै परिपेक्ष्यमा वात मारौ ।
जैविकविविधताको महत्वलाई दर्शाउन यो दिवस विश्वभर मनाइन्छ । सन् १९९२ मे २२ माब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधतामहासन्धी अगाडि बढाउने निर्णय गर्यो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविकविविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकको निर्णय नम्बर ५५र२०१ लेथप अंगिकार गर्यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसकारुपमा मनाउने घोषणा भयो । त्यसयता हरेक बर्ष मे २२ का दिन विश्वभर जैविक विविधतादिवस मनाइदै आएको हो ।
कानुनत नेपालमा भनेँ जैविक विभिदतालाई वातावरण संरक्षण ऐन२०५३ अनुसार ब्याख्या गरिदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातिय प्रणाली र वंशाणुगतप्रणालीको विविधता भन्ने बुझिन्छ ।
मान्छे स्वभावले नै विभिदता मनपराँउदछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाँउ, घर अनि खाना मनपर्दछ , नयाँ कुराहरु गर्न रुचाँउदछ अनि नयाँपन विभिदताले गर्दा मात्र संभव छ । यिनै विभिदताका कुराहरुमध्य आज जैविक विभिदताका कुरा गरौ न । भुपरिवेष्ठित देशका मान्छे समुन्द्र देख्दा रमाँउदछन अनि हिमाल पहाड नदेखेका मानिस हिमाल पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विभिदतामा रमाउने । त्यसैले त हरेक मान्छे भित्र एउटा पर्यटकको तृष्णा लुकेको हुन्छ । अरबको मरुभुमीमा बसोवास गर्ने मान्छे हिमाल हेर्न नेपाल आँउदछ, विश्वभरिका मान्छे सगरमाथा, यहाँका जैविक विभिदता, प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न नेपाल आँउछन र यदि नेपालसँग यी जैविक र भौगोलिक विभिदता नहुने भए यहाँ पर्यटकहरु आँउदैन थिए पनि होला । तसर्थ पनि जैविक विभिदतालाई पर्यटनसँग जोडेर हेरिन्छ ।
यहाँ छोटो दुरिमा धेरै भौगोलिक संरचना, भिन्नभिन्न मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरु छन् । पहाड रहिमाली क्षेत्रमा उत्तर(दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घामलाग्ने र अर्कोतिर ओसिलो हुन्छ । घण्टाभरिमात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतीक माहौलमा पुगिन्छ, जैविक विभिदता अनुभव गर्न सकिन्छ । नेपालमा समुन्द्र सतहदेखिको न्युनतम उचाई ६० मिटरको झापा जिल्लाको केचना र अधिकतमउचाई ८,८४८ मिटरको सगरमाथा छ । नेपालमा२ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५प्रजातिका माछा, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढि रातिउडने पुतली, ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजारबढि फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुँसी र३ सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको सङ्ख्या नै३० वटा भन्दा बढि छ । सुनगाभारसुनाखरी परिवारका ३ सय ६३ भन्दा बढि प्रजाति छन् ।सम्पूर्ण युरोपको भू(भागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् ।पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढि प्रजातिकाअन्नबाली खानयोग्य छन् । त्यसमध्ये २ सय प्रजातीको खेति गरिन्छ ।
यी विभिदताहरु सदा सर्वदा कायम हुन् र तिनको सँस्थागत संरक्षण र पर्यटन अभिवृद्धिकालागी सरोकारवाला र समुदायको उल्लेखनिय भुमिका होस् । जैविक विभिदता छ र हामी छौ, नेपाली हावा, पानी, माटो, आकाश र वतासको जय होस् ।
सबैलाई शुभकामना
सुयोग ढकाल
आउँदा दिनहरु
-
१चैत
-
२चैत
-
५चैतसामाजिक कार्य दिवस/मंगलचौथी व्रत ४ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ६ दिन पछि
-
८चैत
-
९चैत
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस १० दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत १३ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय १४ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) १५ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस १६ दिन पछि
-
१८चैत
-
१९चैतविश्व मूर्ख दिवस/गौरी व्रत १८ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस २३ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत २५ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत २७ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस २८ दिन पछि
-
३०चैत
-
१वैशाखनयाँ वर्ष/मेष संक्रान्ति/बिस्का: जात्रा ३१ दिन पछि
-
२वैशाखविश्व कला दिवस ३२ दिन पछि
-
३वैशाखस्वामी शशिधर जन्मजयन्ती ३३ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ३५ दिन पछि
-
७वैशाखरविसप्तमी व्रत ३७ दिन पछि
-
८वैशाखगोरखकाली पूजा/छन्द दिवस ३८ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ३९ दिन पछि
-
१०वैशाखविश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस ४० दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ४३ दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ४४ दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४५ दिन पछि
-
१६वैशाखपरशुराम जयन्ती/अन्तर्राष्ट्रिय नृत्य दिवस ४६ दिन पछि
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ४७ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ४८ दिन पछि
-
१९वैशाख
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
साहित्य / ब्लग
- फागु पुर्णिमा (तराई होली) | विश्व उपभोक्ता अधिकार दिवस | मीन संक्रान्ति
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- World Oral Health Day | International Day of Happiness
- विश्व मुख स्वास्थ्य दिवस | अन्तर्राष्ट्रिय खुशी दिवस
- सामाजिक कार्य दिवस | मंगलचौथी व्रत
- Social Work Day | Mangal Chauthi Vrata
- Ganagaur Puja Praarambh । Tel Lagaune Ra Aapko Mujura Khane Din
- गणगौर पूजा प्रारम्भ | तेल लगाउने र आँपको मुजुरा खाने दिन
- Fagu Poornima (Terai) | World Consumer Rights Day | Meen Sankranti
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- Fagu Poornima | Holi | Poornima Vrata
- फागु पुर्णिमा (पहाडी जिल्ला) | पूर्णिमा व्रत
- Pradosh Vrata
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- साथी
- लिएर जान्छन्

Liked by: