World BreastFeeding Week | विश्व स्तनपान सप्ताह प्रारम्भ | २०८३ साउन १६ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jul/Aug 2026
    २०८३ साउन
    १६
    शनिवार
    Aug 01, 2026
    साउन कृष्ण तृतिया
    विश्व स्तनपान सप्ताह प्रारम्भ ( World BreastFeeding Week )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    विश्व स्तनपान सप्ताह प्रारम्भ

    विश्व स्तनपान सप्ताह प्रारम्भ

    विशेष अडियो सामग्री

    विश्व स्तनपान सप्ताह प्रारम्भ

    विश्व स्तनपान सप्ताह सन् १९९२ बाट मनाउन सुरु गरिएकोमा विभिन्न तथ्यांक अनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशहरूले आयोजना गर्ने गरेको पाइन्छ। विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ विश्व स्तनपान सप्ताह लगायतका संस्थाहरू र अन्य सम्बन्धी संस्था र अभियानहरूको प्रत्यक्ष संलग्नतामा हरेक वर्ष विश्व स्तनपान सप्ताह विश्वभरि भव्यताका साथ आयोजना गरिन्छ ।


    स्तनपान सप्ताहको उद्देश्य

    जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढवा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूको बिच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु नै हो।

    पूर्ण स्तनपान

    शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु नै पूर्ण स्तनपान हो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्त्व समेत आमाको दूधमा नै प्राप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक हुँदैन।


    पूर्ण स्तनपानका फाइदाहरू

    ६ महिनासम्म स्तनपान गराउँदा शिशुहरूको शारीरिक र मानिस वृद्धि र विकासका लागि सहयोग पुग्दछ।पूर्ण स्तनपान गराएका बच्चाहरूको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने हुन्छ। सङ्क्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकोले स्तनपान अमृत समान हुन पुगेको छ।दीर्घकालीन रूपमा बच्चाको मृत्युदर घटाउन समेत स्तनपान को भूमिका रहेको छ। शिशु ६ महिना पुग्न साथ आमाको दूधका साथसाथै पोसिलो थप आहार ख्वाउन थाल्नु पर्दछ र कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपान लाई पनि निरन्तरता दिनु पर्दछ।

    स्तनपान के हो ?

    सामान्यतया शिशुलाई आफ्नै आमाको दूध चुसाउनु नै स्तनपान हो। नवजात शिशुको आधारभूत अधिकारका रूपमा लिइने स्तनपानलाई सुरुवाती या प्रारम्भिक अनि पूर्ण गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ ।


    प्रारम्भिक स्तनपान

    शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध ख्वाउन सुरु गर्नु नै प्रारम्भिक स्तनपान हो । यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्नुका साथै शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट पनि बचाउँछ। साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेँलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.