Adhikmas Samapti/Mithun Shankranti/Sombare Aunshi/Matsyanarayan Mela Samapti/World Elder Abuse Awareness Day | अधिकमास समाप्ति/मिथुन संक्रान्ति/सोमबारे औंसी/मत्स्यनारायण मेला समाप्ति/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस | २०८३ असार १ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jun/Jul 2026
    २०८३ असार

    सोमवार
    Jun 15, 2026
    अधिक जेठ कृष्ण औंसी
    अधिकमास समाप्ति/मिथुन संक्रान्ति/सोमबारे औंसी/मत्स्यनारायण मेला समाप्ति/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस ( Adhikmas Samapti/Mithun Shankranti/Sombare Aunshi/Matsyanarayan Mela Samapti/World Elder Abuse Awareness Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    अधिकमास समाप्ति

    अधिकमास समाप्ति

    विशेष अडियो सामग्री

    रामाय रामचन्द्राय रामभद्राय वेधसे।

    रघुनाथाय नाथाय सीतायाः पतये नमः॥


    रघुवंशका नेतृत्वकर्ता भगवान राम, रमाभद्र, रामचन्द्र, समस्त वेदहरुका भगवान अनि सीता माताका देव भगवान रामप्रति हार्दिक नमन ।यस वर्षको दिव्य पुरुषोत्तम मासको आजवाट बिधिवत समापन हुँदैछ, आउनुहोस आज यसै पेरिफेरिमा कुरा गरौं । आज दिव्य पुरुषोत्तम मासको व्रतको उधापन अनि पुरुषोत्तम मासको उपलक्ष्यमा बिभिन्न तिर्थस्थलमा लगाइएका पुरुषोत्तम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञ अनि यज्ञादि पनि सागें गरिन्छ । यसका साथै नेपाल अनि भारतका बिभिन्न ठाँउमा अधिकमासको समयमा पदयात्रा र परिक्रमा गर्ने चलन छ जसको पनि विधीवत अन्त्य आजैबाट हुनेछ ।मलमास भनिएका कारणले आफ्नो स्वामित्वको खोजी गर्दै अधिकमासले बिलौना गरेपछि अधिकमासको स्वामित्व भगवान बिष्णु स्वयले लिएको रोचक कथा छ । श्रीकृष्ण स्वयमले मलमासलाई आफ्नो हरेक गुणले भरिपूर्ण गरिदिने वचन दिएका कारणले मलमास बिशेष मानिन्छ, अतः यस दुर्लभ पुरुषोत्तम मासमा दानपुण्य, व्रत बस्नाले अधिक फल प्राप्त हुन्छ ।

    भविष्य पुराणका अनुसार भगवान श्री कृष्ण स्वयमले अधिकमासमा व्रत लिने, दानपुण्य गर्ने अनि शरीर र आत्मा शुद्ध राख्नेलाई अनेकन फल प्राप्त हुने, पाप र कष्ट मोचन हुने भनि उल्लेख गरेको छ। पद्म पुराणले पनि अधिकमास अनि श्री कृष्णलाई जोडेर वहाँकै शव्दमा हरेक मानवले अधिकमासमा दानपुण्य गर्न जरुरी रहेको वताएको छ र यसका साथै श्री कृष्णको अर्चना, भागवत गीताको पाठ अनि बत्ति या दियोको दान र प्रज्जवलन लाई विशेष मानेको पाइन्छ ।


    शकुनि, चतुष्पद, नाग व किंस्तुघ्न यि चार करणलाई रवि अर्थात सूर्यको मल भनिने गरिन्छ तसर्थ यि कुराहरु सक्रन्तिसंग जोडिएका हुनाले यस महिनाले मलमास पनि भनिएको हा । आजवाट मलमास, अधिकमास र पुरुषोत्तम मासको अन्त भएको छ ।


    संक्षेपमा मलमास

    सूर्यको गति हनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घन्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ। सामान्य रुपमा तिथीहरु चन्द्रमास अनि गतेहरु सौर्यमास भनेर बुझ्न सकिन्छ ।

    यसरी सौर्यमासको गणनामा ३६५ दिनको एक बर्ष हुन्छ भने चन्द्रमासको गणनामा ३५४ दिनको एक बर्ष हुन्छ। यसरी प्रत्यक साल चन्द्रमास सौर्यमास भन्दा ११ दिनले पछि हुँदै आँउछ अनि ३ बर्षमा ३३ दिन ले चन्द्रमास र सौर्यमासको फरक पार्दछ जसलाई अधिकमास या मलमासले मिलाप गरिन्छ ।


    यस वर्षको अधिकमास या मलमासको आज समापन हुँदैछ, आजवाट अबको ३ वर्षका लागि मलमास आउनेछैन् ।


    यस वर्षकोे मलमासको समाप्तीसंगै हामीसबैका जीवनका बाधाहरु हटेर जाउन । जीवनसंगत अनि जीवन पर्यन्त पनि मोक्षको द्धार खुल्ला रहोस् ।

    धर्मको जय होस्

    अधर्मको नाश होस्

    प्राणीमा प्राण होस्

    विश्वको कल्याण होस्

    शव्दमा सरस्वती अनि हृदयमा हरिको वास होस् ।

    सोमबारे औंसी

    सोमबारे औंसी

    विशेष अडियो सामग्री

    जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औँसी। तर सोमवार र औँसी मात्रको संयोग भने कहिलेकाहीँ मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औँसी पर्दछ।


    पौराणिक कालमा सोमबारे औँसी अत्यन्त कम पर्दथ्यो तर सुस्तरी कलियुगको सुरुवात सँगै धर्तीमा सोमबारे औँसीका तिथिहरू बढ्दो पर्न थाल्यो । कलियुगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औँसीहरू परेको बताइन्छ । ल है यस सोमबारे औँसीमा धर्म अनि उदारताका लागि के गर्ने, सोच्नुभएको छ नि ?

    के तपाईंले पनि सोमबारे औंसीको दिन नबोली नुहाउने गर्नुभएको छ ?

    हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान् शिवजी मै समर्पित छ।


    आजको दिन स्नान या भनौँ दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तीर्थस्थलमा टाढा टाढाबाट भक्तजनहरू धाउने गर्दछन्। हिन्दु धर्मावलम्बी अनुसार आजको दिन "सोमबारे औँसी" को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात् सोमबारे औँसीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।

    मत्स्यनारायण मेला समाप्ति

    मत्स्यनारायण मेला समाप्ति

    विशेष अडियो सामग्री

    मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मत्स्यनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ। मत्स्यनारायणलाई मच्छेनारायण पनि भनिने चलन छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ।


    सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ। विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ।

    चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् र यस वर्ष पनि लाखौंको सख्याँमा भत्तजनहरु मत्स्यनारायण मन्दिरमा दर्शन गर्न गएको पाइएको छ । मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ । पछिल्लो मलमास वि.सं. २०७५ मा चाँही मत्स्यनारायण मन्दिरमा पुरुषोतम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञको शुक्रवार समापन गरिएको थियो । यसवर्ष भनें कोरोना त्रास अनि संक्रमण जोखिमले मेला आयोजना हुन सकेन, आगामी वर्षहरुमा हरिको कृपाले जीवन र किर्तन पून सामान्य होस् भन्ने अपेक्षा र प्रार्थना छ । वैदिक सनातन धर्मका अनुसार भगवान हरिको दश अवतार मान्यता रहेको छ । दश अवतार मध्ये मत्स्य अवतारलाई पहिलो अवतारको रुपमा लिएको छ । पृथ्वीको शुरुवात सगै भगवान नारायण ले सोही स्थानमा रहेको कुण्डमा मत्सयको रुपपछि दिव्यस्वरुपको दर्शन दिनु भएको मत्सयपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ । मलमासको समापन संगै अब यसवर्षको चाडपर्वको लर्को शुरु हुनेछ । सबैको भलो होस् ।

    मिथुन संक्रान्ति

    मिथुन संक्रान्ति

    विशेष अडियो सामग्री

    असारे मासमा धान रोपेझैँ खेतमा आऊ हामी पिरती रोपौँ न"

    "असारे मैनामा पानी पर्‍यो रुझाउने"


    यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो आषाढ । कृषि अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । आषाढ सङ्क्रान्तिबाट सूर्य पनि मिथुन राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन सङ्क्रान्ति भनिन्छ ।


    मिथुन सङ्क्रान्तिबाट सुरु हुने आषाढ महिनामा केही विशेष पर्वहरू पर्दछन् । आषाढको कृष्ण पक्षको अष्टमीमा पशुपतिनाथ मन्दिरमा त्रिशूल जात्रा गरिन्छ । त्यसै गरी आषाढ शुक्ल द्वितीयामा जगन्नाथ रथयात्रा निकालिन्छ । आषाढ शुक्ल दशमीबाट चार महिनासम्म चतुर्मास व्रत प्रारम्भ हुन्छ । ल अब यस वर्षको असारमा स्वागत छ, हामी सबैलाई । वर्षाको यो विशेष महिनामा बेलाबेला झ्यालबाट आउने बाछिटाले चिस्यान नल्याओस्, बलेँसीका माटाहरू बगेर नजाउन्, मानो रोपेर मुरी उब्जनी होस् , जय होस्

    विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस

    विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस

    विशेष अडियो सामग्री

    विश्व वृद्ध दुर्व्यवहार जागरूकता दिवस, जुन १५, २००६ मा एल्डर दुर्व्यवहार रोकथाम र विश्व स्वास्थ्य सङ्गठनको लागि अन्तर्राष्ट्रिय नेटवर्क द्वारा सुरु गरिएको वार्षिक पहल हो। ६६ को १२७ प्रस्तावमा, संयुक्त राष्ट्र महासभाले त्यो मितिलाई विश्व वृद्ध दुर्व्यवहार जागरूकता दिवसको रूपमा तोकेको छ, जुन दिन पुरानो पुस्ताको कुनै पनि प्रकारको दुर्व्यवहारको विरोधमा सम्पूर्ण विश्वले आवाज उठाउनेछ भनिएको छ ।


    संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय कार्य योजनाले वृद्ध दुर्व्यवहारलाई जनस्वास्थ्य र मानव अधिकारको मुद्दाको रूपमा वर्णन गरेको छ। संसारमा वृद्धहरूको सङ्ख्या सन् २०३० सम्ममा १ दशमलव ४ बिलियन हुने अपेक्षा गरिएको छ। अनुसन्धानले सुझाव दिन्छ कि ४ देखि ६ प्रतिशत वृद्धहरू कुनै न कुनै प्रकारको दुर्व्यवहारबाट पीडित छन्, जसमध्ये धेरै जसो रिपोर्ट नगरिएका छन्।

    वृद्ध दुर्व्यवहारका नतिजाहरू गम्भीर हुन्छन्स् दुर्व्यवहार गरिएका वृद्ध वयस्कहरूलाई अस्पतालमा भर्ना हुने सम्भावना दोब्बर हुने , नर्सिङ होममा जाने सम्भावना चार गुणा र मृत्युको सम्भावना तीन गुणा बढी हुन्छ। जबकि अध्ययनहरूले देखाउँदछ कि दुर्व्यवहार गर्नेहरू मध्ये ६० प्रतिशत परिवारका सदस्यहरू छन्, दुर्व्यवहार जुनसुकै अवस्थामा पनि हुन सक्छस् वृद्ध वयस्कको आफ्नै घर वा वरिष्ठ बस्ने समुदायमा पनि हुनसक्छ ।


    नेशनल सेन्टर फर एल्डर अब्यूजका अनुसार ६५ वर्षभन्दा माथिका १ मिलियन र २ मिलियन अमेरिकीहरू हेरचाह वा सुरक्षाको लागि भर परेका व्यक्तिहरूद्वारा घाइते, शोषण वा दुर्व्यवहार भएका थिए। नेपालमा पनि यस्ता अध्ययनहरु हुन जरुरी छ ।


    नेपालमा अग्रज जनसख्याँ अधिकारको कानुन

    यो ज्येष्ठ नागरिक ऐन, २०६३ (२००६) नेपालको संसद्ले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा र उनीहरूमा निहित ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी उनीहरूप्रतिको विश्वास, सम्मान र सद्भाव अभिवृद्धि गर्ने सम्बन्धमा तत्काल व्यवस्था गर्न बनेको हो।


    यद्यपि यी कानुनहरू कार्यान्वयनको पक्षमा सबै जना थप जुझारु र संवेदनशील भएर लाग्न जरुरी छ । बृद्धबृद्धाको पहुँच बढाउने अनि आँसु नझर्ने वातावरण बनाउने कार्य गरौँ , आजै वाट सम्पूर्ण आमा,बुवा, दिदीबहिनी, काकाकाकी लगायत सबै अग्रजहरूमा नमन ।

    एल्डर दुर्व्यवहार के हो ?

    वृद्ध दुर्व्यवहार आर्थिक, भावनात्मक, शारीरिक र यौन रुपमा हुन सक्छ। यसमा उपेक्षित व्यक्तिहरू र आफूलाई बेवास्ता गर्नेहरू ९आत्म(उपेक्षा पनि समावेश हुन्छन्। सामाजिक अलगाव, आर्थिक वा भावनात्मक तनाव, र डिमेन्सियाले वरिष्ठलाई दुर्व्यवहारको लागि कमजोर बनाउन सक्छ।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.