सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । शैक्षिक क्षेत्रबाट सामान्य सफलता मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
View All monthly Rashifal
Liked by: