मेरो कुनै सपना छैन विकसित देशको रमझममा हराउने,
सपना एउटै छ मेरो शान्त र सुन्दर देश बनाउने !
हार त कायर मानछन् , वीरको रगत अझै बग्छ यो छाती मा,
आखिरमा जुन माटोमा जन्म्यो त्यहि माटोमा बिलाउने !
विदेशिने कसैको रहर कसैको वाध्यता त्यो म बुझिरहेछु,
रहर गर्ने युवाहरुलाई म एउटै प्रश्न सोधिरहेछु !
के लाग्दैन माया यी खोलानाला पहाड र हिमालहरुको,
यो कस्तो मोह परदेसको म जवाफहरु खोजिरहेछु !!
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: