मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा कालो हो । कुन शुभकर्म गर्नु पूर्व माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
View All weekly Rashifal
Liked by: