टाढै बसौँ बोलाउँछे,नजिक जाँदा पर सर्छे
मायालु झैँ कुरा गर्छे,साटौँ माया डरले मर्छे
बारबार सताउँछे, नखाउँ कसम खुवाउँछे
बिश्वास छैन थोरै पनी ,आफ्नै मात्र भर पर्छे
आफ्नै सम्झौँ संका गर्छे,पराई भनौ प्यारे भन्छे
सम्झिरहुँ ओझेल पर्छे,बिर्सिदिउँ माया गर्छे
बाटो जुधे तर्की हिन्छे, म तर्के रिसाउँछे
नहेरौ त हेरोस भन्छे,नजर जुधे आँखा तर्छे
Liked by: