स्थानिय चुनावका मतदाता अनि सरोकारवाला हामीसबै नेपालीहरुले बुझ्न जरुरी कुरो, कती कती तलब निर्धारण गरेको छ त सरकारले हाम्रो स्थानिय जनप्रतिनीधीहरुलाई ?
यि जनप्रतिनीधीहरु हामीहरुलाई चाहिएका बेलामा कार्यलयमा उपस्थित हुन, जनसरोकारका कुराहरुलाई सम्बोधन गर्न र विकासका क्रियाकलापहरु निष्पक्ष र पारदर्र्शी रुपमा गर्नकालागी खटीन जरुरी छ है । आउनुहोस एकफेर हेरौ न , कस कसका लागी के छ प्रावधान भन्ने विषय?
यो पनि हेर्नुहोस् : स्थानीय तह निर्वाचनमा आर्थिक मुद्दा महत्वहीन किन?
महानगर
महानगरपालिका प्रमुखलाई मासिक रु ६० हजार
महानगरपालिका उपप्रमुखलाई मासिक रु ५० हजार
र महानगरका वडा अध्यक्षहरुलाई मासिक रु ३० हजार जनहि
उपमहानगर
उपमहानगर प्रमुखलाई मासिक रु ४५ हजार
उपमहानगर उपप्रमुखलाई मासिक रु ४० हजार
र उपमहानगर वडा अध्यक्षहरुलाई मासिक रु २५ हजार जनहि
नगरपालिका
नगरपालिका प्रमुखलाई मासिक रु ४५ हजार
नगरपालिका उपप्रमुखलाई मासिक रु ४० हजार
र नगरपालिका वडा अध्यक्षहरुलाई मासिक रु २५ हजार जनहि
गाँउपालिका
गाँउपालिका प्रमुख मासिक रु २५ हजार
गाँउपालिका उपप्रमुख मासिक रु २० हजार
गाँउपालिका वडाअध्यक्षहरु मासिक रु १५ हजार
गाँउपालिका वहासदस्यहरु मासिक रु १ हजार
र गाँउपालिका बैठक भत्ता रु १ हजार
यसरी तलब दिएर राखिएका अनि हामीले चुनेका जनप्रतिनीधीहरुको कार्य अनि उपयोगीता हामीसबैले विचार गरौ है । राम्रो काम गर्दा ताली र नराम्रो गरे गाली , आखिर हामीले नगरे कसले गर्छ ?
सुयोग ढकाल
Liked by: