Holiday for Election 2082/Tel Lagaune Ra Aapko Mujura Khane Din | चुनाव बिदा २०८२/तेल लगाउने र आँपको मुजुरा खाने दिन | २०८२ फागुन २० | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Feb/Mar 2026
    २०८२ फागुन
    २०
    बुधवार
    Mar 04, 2026
    चैत कृष्ण प्रतिपदा
    चुनाव बिदा २०८२/तेल लगाउने र आँपको मुजुरा खाने दिन ( Holiday for Election 2082/Tel Lagaune Ra Aapko Mujura Khane Din )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    चुनाव बिदा २०८२

    प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

    सही तरिकाले मतदान गरौँ, आफ्नो मत सुरक्षित राखौँ!


    फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा सबैले उत्साहजनक सहभागी भएर सभ्य तरिकाले आफ्नो मतदान गरौँ, साथै सही तरिकाले मतदान गर्न र आफ्नो मत बदर हुनबाट जोगाउन यो लेखमा दिइएको जानकारी ध्यान दिएर पढ्नुहोस्।


    १. मतदान गर्न जाँदा कुन-कुन कागजात लैजाने?

    • मतदान केन्द्रमा जाँदा तपाईंसँग निर्वाचन आयोगले तोकेका देहायका मध्ये कुनै पनि एक आधिकारिक सक्कल परिचयपत्र हुन जरुरी छ:
    • मतदाता परिचयपत्र: निर्वाचन आयोगले जारी गरेको सक्कल कार्ड।
    • नागरिकता प्रमाणपत्र: तपाईंको नेपाली नागरिकताको सक्कल।
    • राहदानी: तपाईंको आधिकारिक राहदानी।
    • सवारी चालक अनुमतिपत्र: सरकारी लाइसेन्स।
    • राष्ट्रिय परिचयपत्र: सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्र।
    • जग्गाधनी प्रमाण पुर्जा: तपाईंको नाममा रहेको जग्गाको पुर्जा।


    विशेष जानकारी: यदि तपाईंसँग सक्कल कार्ड छैन भने, नागरिक एप (Nagarik App) बाट स्क्रीनशट लिएर प्रिन्ट गरिएको कार्ड अथवा निर्वाचन आयोगको आधिकारिक प्रणालीबाट आफ्नो विवरण हालेर डाउनलोड र प्रिन्ट गरिएको मतदाता परिचयपत्रले पनि मतदान गर्न पाउनुहुनेछ।

    २. आफ्नो नाम र मतदान केन्द्र कसरी चेक गर्ने?

    तपाईंको नाम कुन ठाउँको नामावलीमा छ र कहाँ गएर भोट हाल्ने हो भन्ने थाहा पाउन यी स्टेपहरू पछ्याउनुहोस्:

    • https://election.gov.np/np/page/voter-list-db मा जानुहोस् र 'मतदाता नामावली' मा क्लिक गर्नुहोस्।
    • आफ्नो प्रदेश, जिल्ला, स्थानीय तह, वडा र मतदान स्थल छान्नुहोस्।
    • सूचीमा आफ्नो नाम खोजेर 'मतदाता विवरणमा' मा क्लिक गरी जन्म मिति वा नागरिकता नम्बर हालेर आफ्नो विस्तृत विवरण र मतदान केन्द्र हेर्नुहोस्।


    यसको स्क्रीनशट वा प्रिन्ट लिएर जाँदा मतदानको दिन तपाईंको सिरियल नम्बर खोज्न सजिलो हुन्छ।

    ३. मतदान गर्ने सही तरिका

    मतदान केन्द्रमा तपाईंले दुई प्रकारका मतपत्र पाउनुहुनेछ:

    रातो मसी: यो 'प्रत्यक्ष' तर्फको उम्मेदवारका लागि हो।

    कालो मसी: यो 'समानुपातिक' तर्फको राजनीतिक दलका लागि हो।

    तपाईंले रोजेको चुनाव चिन्ह भएको कोठाको सेतो भाग मा कतै नछुने गरी बीचमा स्वस्तिक छाप लगाउनुहोस्। छाप लगाइसकेपछि स्वस्तिक छापको मसी अर्को चिन्हमा सरेर मत बदर नहोस्।


    ४. तपाईंको मत बदर हुन सक्ने अवस्थाहरू (सावधानी):

    तपाईंले गरेका साना गल्तीले तपाईंको मत खेर जान सक्छ:

    • चुनाव चिन्ह भएको कोठाभन्दा बाहिर वा दुईवटा कोठाको बीचको धर्कामा छाप लगाएमा।
    • एउटै मतपत्रमा दुई वा सोभन्दा बढी चिन्हमा छाप लगाएमा।
    • स्वस्तिक छापको सट्टा औँठा छाप लगाएमा।
    • मसी धमिलो भयो भन्दै एउटै चिन्हमा दोहोर्‍याएर छाप लगाएमा।


    महत्त्वपूर्ण: मतपत्र बुझ्दा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन अनिवार्य रूपमा हेर्नुहोस्। हस्ताक्षर नभएको मतपत्र बदर हुन्छ।

    ५. मतपेटिकामा खसाल्ने प्रक्रिया

    तदान गरिसकेपछि:

    रातो मतपत्रलाई रातो रङ्गको सङ्केत भएको मतपेटिकामा खसाल्नुहोस्।

    कालो मतपत्रलाई कालो रङ्गको सङ्केत भएको मतपेटिकामा खसाल्नुहोस्।


    यो जानकारी प्राविधिक पक्ष र निर्वाचन शिक्षामा आधारित छ। थप स्पष्टताका लागि निर्वाचन आयोगको आधिकारिक सूचनाहरू हेर्नुहोला।

    तेल लगाउने र आँपको मुजुरा खाने दिन

    तेल लगाउने र आँपको मुजुरा खाने दिन

    विशेष अडियो सामग्री

    नयाँ वर्ष २०८३ को अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । अब त वर्ष मात्र नयाँ नभईकन दशक पनि नयाँ भएको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेक तरिकाहरू छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ । जुटशित्तल, सिरुवा, नयाँ वर्ष, नयाँ साल लगायत थुप्रै नामले नव वर्षलाई चिनिन्छ । बस मानिस–मानिसबिचको नाता अनि स्नेहमा कमी नआओस्, हाम्रो कामना यही छ । कुनै पनि चाड सुरु हुन अगावै तेल लगाएर उक्त चाडको सुरुवात गर्नु एउटा परम्परागत चलन हो । होली, तिहार लगायत अन्य चाडहरूमा पनि केही दिन अगावै शरीर र कपालमा तेल लगाएर उत्सर्गको औपचारिक सुरुवात गरिन्छ ।

    चाडपर्व अघि तेल लगाउने परम्परा तपाईं पालन गर्नुहुन्छ?

    यो बसन्त क्रृतुको उल्लासमा घर–घरमा मुस्कान अनि आँपका बोटहरुमा आँपका मजुराहरु पनि फुलेका छन् । आजको दिन आँपको रुखमा फुलेका मजुराहरु टिपेर खाने चलन पनि छ । यसरी औपचारिकताका लागि आँपका मजुराहरु टिपेर खाने चलन छ । यसो गर्नाले आँउदा दिनहरुमा आँप सप्रने अनि सबै मजुराहरु टिकुला बन्ने सम्भावना बलियो रहन्छ । आउँदो नयाँ वर्षले सबैलाई मजबुती र स्वास्थ्यकर जीवन प्रदान गरोस् । चिताएको पुगोस् ।


    -सुयोग ढकाल

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.