कि बचाउने कि डुबाउने हुन्छ पानी हुन्छ ।
कि सपार्ने कि बिगार्ने सधै जवानी हुन्छ ।
तिमी भन्छौ हाम्रो प्रेमको टुङ्गो कसरी लाग्छ ?
बुझ्नुपर्छ कि हुन्छौँ सफल कि कहानी हुन्छ ।
अँध्यारोमा हुँदा कहिल्यै नआत्तिनु तिमी
सम्झिनु, भोलि त पक्कै विहानी हुन्छ ।
अहङ्कारिहरु एकपटक मसानघाट पुग्नुहोला
जहाँ मै हु भन्ने जो कोहि खरानी हुन्छ ।
Liked by: