बाँच्न सिक्नुहोस् सबैले यहाँ दानी भएर।
तेरो मेरो गर्छौ किन? बेईमानी भएर।
यो लोकबाट एकदिन सबैले जानैपर्छ
केही धुवाँ भएर त केही खरानी भएर।
मनसम्म पुग्न सबैले कहाँ सक्छन् र यहाँ
जो जति आएपनि आँखाको नानी भएर।
छोडि गएकाहरुपनि त आउने रहेछन्
मनमा बादल आँखाहरुमा पानी भएर।
यो जुनिमा कसैसँग त्यस्तो मधुर प्रेम होस्
जो सँधै रहिरहोस् एउटा कहानी भएर।
Liked by: