कसरी हिन्दू राष्ट्रवादले भारतीय राजनीतिमा वर्चस्व बनायो

कसरी हिन्दू राष्ट्रवादले भारतीय राजनीतिमा वर्चस्व बनायो

bbc.com . १५ दिन अघि

भारतमा आम निर्वाचनमा धमाधम मतदान भैरहेको छ र विभिन्न चरणमा ६ हप्तासम्म चल्ने मतदान आगामी जुन १ तारिखमा समाप्त हुनेछ अनि प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका निम्ति पनि आफू निर्वाचित हुने अपेक्षा राखेका छन्।

उनी र उनको भारतीय जनता पार्टी बीजेपीको लोकप्रियतालाई अघि बढाउने एउटा कारक हिन्दूत्व भनिने हिन्दू राष्ट्रवादी विचारधारासँग उनीहरूको विवादास्पद सम्बन्धलाई पनि मानिन्छ।

हिन्दूत्व विचारधाराका सबैभन्दा कट्टर पैरवीकर्ताहरू हिन्दूधर्मबाट निर्देशित राज्य चाहन्छन् जस्ले हिन्दूहरूको आवश्यकतालाई अग्रस्थानमा राखोस्।

आलोचकहरू त्यस्तो विचार स्वाभाविक रूपमा नै भेदभावपूर्ण भएको र त्यसले संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको उक्त देशमा रहेका विविध धार्मिक समूहहरूबीचको शान्तिपूर्ण सहअस्तित्वको परिकल्पनालाई नै चुनौती दिन्छ भन्ने ठान्छन्।

भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक

नरेन्द्र मोदी जो विवादास्पद राजनीति गर्दै भारतको सत्तामा उदाए

प्रधानमन्त्री मोदीको शासनकालमा आफूहरूविरुद्धको आक्रमण र घृणायुक्त अभिव्यक्तिहरूको घटनामा उल्लेख्य वृद्धि भएको थुप्रै मुस्लिमहरूले बताउने गरेका छन्।

तर अल्पसङख्यकहरूमाथि कुनै भेदभाव भएको भन्ने कुरालाई बीजेपीले अस्वीकार गर्ने गर्दछ।

एउटा भारतीय समाचार च्यानल ‘टाइम्स नाउ’ लाई हालै दिएको एक अन्तर्वार्तामा प्रधानमन्त्री मोदीले उनको पार्टी बीजेपी मुस्लिमविरोधी हो भन्ने आरोपमा जबाफ दिँदै भने, "हामी इस्लाम र मुस्लिमहरूका विरुद्धमा छैनौँ।” र, उनले आफ्ना आलोचकहरूले “डरको वातावरण सिर्जना गरिरहेको” भन्ने तर्कसमेत प्रस्तुत गरे।

‘हिन्दूत्व’ के हो?

धर्म र राष्ट्रवादलाई सँगै राख्ने हिन्दूत्वले धार्मिक हिन्दू पहिचानलाई भारतीय राष्ट्रिय पहिचानसँग अविछिन्न रूपमा जोडिएको रूपमा हेर्ने गर्छ।

यो अवधारणाले ब्रिटिश उपनिवेशकालीन शासनका विरुद्धको सङ्घर्षका बेला लोकप्रियता पाउन सुरु गरेको थियो र एकजना हिन्दू राष्ट्रवादी चन्द्रनाथ बसुले सन् १८९० को दशकको अन्त्यतिर यो शब्द प्रयोगमा ल्याएका थिए।

त्यसको दुई दशकपछि यो अवधारणालाई उपनिवेशविरोधी राजनीतिज्ञ भीडी सावरकरले अझ लोकप्रिय बनाए र उनलाई यसको पिताका रूपमा व्यापक श्रेय दिइन्छ।

सन् १९२२ मा भारतमा ब्रिटिश जेलमा रहेका बेला उनले हिन्दूत्वका बारेमा लेखेका पर्चामा हाल पाकिस्तानको सिन्धदेखि भारतको गुजरातसम्मको क्षेत्र, सिन्धु उपत्यकालाई हिन्दू पहिचानको जन्मस्थानका रूपमा उल्लेख गरेका छन्।

आफूलाई नास्तिक बताउने सावरकरको विश्वासमा हिन्दूहरूको यस क्षेत्रसँग धार्मिक सम्बन्धमात्र नभइ जातीय उद्गमको सम्बन्ध पनि रहेको छ, जुन तिनीहरूको राजनीतिक र साँस्कृतिक पहिचानसँग पनि गाँसिएको छ।

ब्रिटेनबाट स्वतन्त्रता हासिल गर्ने विभिन्न भारतीय राष्ट्रवादी आन्दोलनहरूमा पनि हिन्दू पहिचान मिसिएको थियो।

लन्डनस्थित स्कूल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजको साउथ एशियन इन्टिट्यूटका निर्देशक प्रोफेसर सुबिर सिन्हा भन्छन्, "महात्मा गान्धी समेतले पनि आम जनमानसमा आफ्नो सन्देश पुर्‍याउन धार्मिक भाषाको प्रयोग गर्ने गर्दथे।"

तर गान्धी र सावरकरले दुई नितान्त भिन्न बाटो रोजे। प्रोफेसर सिन्हा र अन्य विज्ञहरू भन्छन् सावरकरले त्यससमय अन्यत्र उदाउँदै गरेको फासिवादबाट प्रेरणा लिएका थिए।

उनी भन्छन्,“हिन्दूत्व आन्दोलनका प्रारम्भिक समयको नेतृत्व मुसोलिनी र हिटलरका खुला प्रशंसकहरू थिए।”

उनको भनाइमा तिनीहरूको क्रियाकलाप, “आकर्षक थियो किनकी तिनीहरूले को असली जर्मन हो वा को असली इटालेली हो भन्ने विषयमा एकात्मक परिभाषा तयार पारेका थिए।”

अरविन्द केजरीवाल: भारतीय प्रधानमन्त्री मोदीलाई चुनौती दिने अचम्मका नेता

नरेन्द्र मोदीको बीजेपी किन कश्मीरमा चुनाव लडेन

के भारत हिन्दू राष्ट्र हो?

सबैभन्दा पछिल्लो सन् २०२१ को जनगणना अनुसार भारतको जनसङख्या ८०% हिन्दू र १४ % मुस्लिम छन्। साथै इसाई, सिख, बौद्ध, जैन र अन्य समूदाय बाँकी ६% मा पर्दछन्।

यद्यपि भारतको संविधानमा नै धर्मनिरपेक्षता एक प्रमुख विशेषताका रूपमा अंकित छ।

जसको अर्थ राज्यको शक्ति कुनै एक धर्म विशेषसँग बाँधिएर रहेको छैन र सबै भारतीय नागरिकहरूसँग स्वतन्त्र रूपमा आफ्नो धार्मिक आस्थाको अभ्यास गर्ने अधिकार छ।

तर हाल धर्मको भूमिका बढ्दो रूपमा चर्को विवादको विषय बन्दै गएको छ।

हिन्दू-पहिला भन्ने नीतिहरूलाई अघि बढाएर धर्म निरपेक्षतालाई बेवास्ता गर्न खोजेको भन्ने आरोप नरेन्द्र मोदी र बीजेपीलाई लगाइने गरेको छ।

यद्यपि भूतपूर्व सैनिक तथा लेखक सरोज चढ्ढा जस्ता केही भारतीयहरू भन्छन् हिन्दू बहुसंख्यक जनताका लागि राजनीतिको उच्च तहबाट प्राप्त हुने समर्थन धर्मनिरपेक्ष शासन अनुकूल नै हो।

उनको तर्क छ प्राचीन हिन्दू शासकहरूले हजारौँ वर्ष पहिलादेखि नै धर्मनिरपेक्षताको अभ्यास गर्दै आएका थिए “तर हिन्दूधर्मलाई संरक्षण गर्ने तिनीहरूको प्रतिबद्धता र दायित्व बलियो रूपमा कायम रहँदै आएको थियो सम्भवतः त्यो नै धर्मनिरपेक्षताको अभ्यास सबैभन्दा उत्तम तहमा भएको उदाहरण थियो।”

हिन्दूत्वसँग सत्ताधारी पार्टीको सम्बन्ध कस्तो छ?

हिन्दू राष्ट्रवाद बीजेपीको मुख्य सिद्धान्त मध्येको एक हो।

उक्त पार्टीको जरा ब्रिटिश शासनकालताको हिन्दू पुनरुत्थानवादी आन्दोलनमा गाडिएको देखिन्छ। त्यस्तै उसको जरा आरएसएस भनिने राष्ट्रिय स्वयमसेवक संघसमेत जोडिएको छ।

आरएसएसको आरम्भ एक चरमदक्षिणपन्थी हिन्दू राष्ट्रवादी संगठनका रूपमा भएको थियो र यो संस्थाका संस्थापक केशव बलिराम हेडगेवार सावरकरबाट प्रभावित थिए भन्ने व्यापक रूपमा विश्वास गरिन्छ।

भारत स्वतन्त्र भएयता उक्त संस्था तीन पटक प्रतिबन्धमा परिसकेको छ। पहिलो पटक सन् १९४८ मा आरएसएसका एकजना भूतपूर्व सदस्य नाथूराम गोड्सेले महात्मा गान्धीको हत्या गरेपछि उक्त संस्था प्रतिबन्धमा परेको थियो।

मोदीको भारतमा मुस्लिम: ‘आफ्नै देशमा अदृश्य’

पूर्वोत्तर भारतमा नेपालीभाषीबीच कस्ता विषय बनिरहेका छन् चुनावी मुद्दा?

त्यसपछि सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले विवादास्पद रूपमा देशमा संकटकाल घोषणा गरेपछि उक्त संस्था प्रतिबन्धमा पर्‍यो। त्यसबेला देशका लगभग सबै विपक्षी नेताहरूलाई जेल हालिएको थियो।

तेस्रो प्रतिबन्ध सन् १९९२ मा लगाइएको थियो। त्यसबेला आरएसएससहित उग्रवादी हिन्दू समूहहरूका समर्थकहरूले अयोध्यास्थित १६औं शताब्दीको बाबरी मस्जिद भत्काइदिएका थिए।

हालको समयमा भने आरएसएसलाई बीजेपीको सैद्धान्तिक मार्ग निर्देशकका रूपमा हेरिन्छ र यसको तल्लो तहसम्म सञ्जालदेखि शक्तिशाली राजनीतिक प्रभाव समेत रहेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी उनी आठ वर्ष उमेरको हुँदादेखि नै आरएसएससँग आबद्ध रहेका बताइन्छ।

सत्तामा उनको उदयको समयदेखि नै उनको पार्टीले जोडदार रूपमा हिन्दू राष्ट्रवादको विषयलाई उठाउँदै आएको छ र त्यसलाई ओझेलमा रहेको सिद्धान्तको अवस्थाबाट मुलधारको धारणाको रूपमा उचालिदिएको छ।

“थुप्रै तरिकाले उनी हिन्दू राष्ट्रवादको उपयुक्त प्रवक्ता बन्न पुगेका छन् किनभने उनी त्यसका सच्चा विश्वासी हुन् र यो आन्दोलनमा उनी गहीरोसँग जोडिएका छन्,” वाशिङ्टन डिसीस्थित एउटा थिङ्कट्याङ्क कार्नेगी एनडाउमन्ट फर इन्टरन्याश्नल पीसको दक्षिण एशिया कार्यक्रमका निर्देशक मिलन वैष्णव बताउँछन्।

भारतमा के भइरहेको छ?

बीजेपीका केही नीतिहरूले भारतमा हिन्दू र मुस्लिम समुदायहरूबीच तनावलाई झन चर्काइदिएको छ।

सन् २०१९ मा सरकारले मुस्लिमहरूको बाहुल्य रहेको राज्य जम्मु र कश्मीरलाई प्राप्त स्वायत्तताको अधिकार भङ्ग गरिदिएको थियो।

देशका बाँकी राज्यहरूसँग बराबरीको अवस्थामा उक्त राज्यलाई पनि राख्नका लागि त्यस्तो कदम चालिएको बताइएको थियो।

हालैको कुरा गर्ने हो भने सन् २०२४ को ज्यानुअरी महिनामा प्रधानमन्त्री मोदीले हिन्दू देवता रामको जन्मभूमिका रूपमा परिचित अयोध्या नगरमा बाबरी मस्जिद भत्काइएको स्थानमा निर्मित राममन्दिरको उद्‌घाटन गरेका थिए।

उनको पार्टीका केही मन्त्रीहरूले पनि नियमित जस्तै गरी उत्तेजना फैलाउने इस्लामविरोधी टिप्पणीहरू टिभी, राजनीतिक र्‍याली र सामाजिक सञ्जालका वेबसाइटहरूमा अभिव्यक्त गर्ने गरिरहेका छन्। र, उनीहरू भारतीय हुनु भनेको नै हिन्दू हुनु हो भन्ने जस्ता कुराहरू चर्को स्वरमा बताउने गर्छन्।

मुस्लिमहरूमाथिका आक्रमणहरूका विवरणहरू आउने गरेका छन् भने मुस्लिमविरोधी भाषण र अभिव्यक्तिहरूमा पनि वृद्धि भएको देखिएको छ।

इन्डिया हेट ल्याब नामक संस्थाका अनुसार सन् २०२३ मा सार्वजनिक रूपमा मुस्लिमहरूलाई निन्दा गर्दै अभिव्यक्तिहरू दिइएका घटनामध्ये तीन चौथाई घटनाहरू बीजेपीको सरकार भएका राज्यहरूमा भएका विवरणहरू आएका थिए।

भारतीय दलहरूले नेपाललाई प्रभाव पर्ने कस्ता चुनावी मुद्दा अगाडि सारेका छन्

के भारत अर्को महाशक्ति बन्न सक्छ

हिन्दूत्वका समर्थकहरू के चाहन्छन्?

हिन्दूत्वका समर्थकहरू नरम विचारका देखि लिएर कट्टरपन्थीहरू समेत छन्।

सामान्यतया पुरुष बर्चस्व भएको ‘परम्परावादी’ प्रकृतिको आन्दोलनले आकार लिँदै गरेको देखिन्छ जस्का केही गुणहरू पश्चिमा देशहरूमा चर्किएका ‘अल्ट राइट’ भनिने आन्दोलनहरूसँग समान देखिन्छन्।

तिनमा विरोधी समुदायप्रति घृणा फैलाउन सामाजिक सञ्जाल र ‘मिम’हरूकव प्रयोग गर्ने लगायत अभ्यासहरू पर्दछन्।

अर्को तर्फ केही हिन्दूहरू छन् जो हिन्दूत्व शब्दका बारेमा केही थाहा नभए पनि त्यसका केही मान्यताहरूको पालना गर्दछन्।

उदाहरणका लागि तिनीहरू भारत हिन्दूहरूको मात्र हो र त्यो उनीहरूबाट लुटिएको छ भन्ने मान्यता राख्छन्।

तिनीहरू इस्लामिक जस्तो सुनिने सहरहरूको नाम परिवर्तन गर्ने कार्यलाई स्वागत गर्छन् जस्तै औरङ्गावादलाई साम्भाजीनगर नामकरण गरिँदा।

तर मिलन वैष्णव भन्छन् यो विचारधारा मोदीको सफलताको एउटा पक्ष मात्रै हो।

“त्यस्ता धेरै मानिसहरू छन् जो मुस्लिमविरोधी उग्रवादी विचार राख्दैनन् तर तिनीहरू हिन्दू राष्ट्रवादका केही तत्वलाई प्रशंसा भने गर्छन् किनकी मोदीको नामसँग जोडिएका अन्य विषयप्रति तिनीहरू आकर्षित छन् जस्तै अर्थतन्त्र, विश्वमा भारतको स्थान, परोपकारी व्यवस्थाहरू, भ्रष्टाचारको विरोध, त्यसैले यसरी निसन्देह रूपमा हिन्दू राष्ट्रवादले अहिलेसम्मकै सबैभन्दा धेरै स्वीकार्यता हासिल गरिरहेको छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.