इजरेलद्वारा गाजामा हमाससँगको युद्धविरामका सर्तहरूको आलोचना, वार्ता जारी

इजरेलद्वारा गाजामा हमाससँगको युद्धविरामका सर्तहरूको आलोचना, वार्ता जारी

bbc.com . १२ दिन अघि

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले भनेका छन् नयाँ गाजा युद्धविरामको प्रस्ताव “इजरेलका आधारभूत मागहरू पनि सम्बोधन नहुने प्रकारका” छन् तर यस विषयमा वार्ताहरू भने जारी रहने छन्।

हमासले कतार तथा इजिप्टका मध्यस्थकर्ताहरूले प्रस्तुत गरेका संघर्षविरामका शर्तहरू स्वीकार गरेको बताएपछि इजरेली प्रधानमन्त्रीको त्यस्तो टिप्पणी आएको हो।

उक्त प्यालेष्टिनी समूहका एकजना अधिकारीले भनेका छन्,“बल अब इजरेलको कोर्टमा छ।”

गएको राती इजरेली सैन्य र ट्याङ्कहरूलाई दक्षिणी गाजाको रफाह सिमानाका नजिक देखिएको इजरेली सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यसअघि इजरेली सेनाले इजिप्टसँगको सिमामा रहेको रफाहमा हवाई हमला गरेको थियो। उस्ले प्यालेष्टिनीहरूलाई उक्त शहरको पूर्वी भागहरू छाडेर अन्यत्र जान चेतावनी पनि दिएको थियो।

यसअघि हमासले कतार तथा इजिप्टका मध्यस्थकर्ताहरूलाई इजरेलसँग नयाँ गाजा युद्ध विराम तथा बन्धकको रिहाइ गर्न गरिएको प्रस्ताव आफूलाई स्वीकार्य भएको जानकारी दिएको बताएको थियो।

प्यालिस्टीनी समूहका एक अधिकारीले भने, “कुरा अगाडि बढाउने जिम्मेवारी अब इजरेलको काँधमा छ।”

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले स्वीकार गरेको प्रस्ताव “इजरेलको आधारभूत आवश्यकता भन्दा धेरै टाढा रहेको” तर यसबारे कुराकानी र सम्झौता क्रम जारी रहने भनेका छन्।

यस अघि इजरेलले रफाहमा प्यालिस्टिनीहरूलाई सहरको निश्चित भाग छोड्न चेतावनी दिँदै हवाई आक्रमण गरेको थियो।

दक्षिणी सहरमा हमास निशानाहरूमा आक्रमण गर्ने धम्की इजरेलले लामो समयदेखि दिँदै आएको थियो।

यो कारबाहीबाट दशौँ हजार बासिन्दा प्रभावित भएको र कैयौँ मानिसहरू आफ्ना गाडी वा गधाले तान्ने टाँगामा कोचाकोच गरेको देखिएको थियो।

हमासका एक अधिकारीले साफाको पूर्वी क्षेत्र खाली गर्ने आदेशलाई “तनावमा खतरनाक वृद्धि” भनेका छन्।

सोमवार साँझ हमासले एक विज्ञप्ति जारी गर्दै उसका राजनीतिक नेताहरू इसमेल हानिएले कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर प्रमुखलाई “उनीहरूको युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकार गरेको” जानकारी गराएको थियो।

प्रस्तावबारे जानकार एकजना वरिष्ठ प्यालिस्टिनी अधिकारीले बीबीसीलाई बताए अनुसार हमासले यदि सर्तहरू पूरा भए “शत्रुतापूर्ण गतिविधिलाई सदाका लागि बन्द गर्न” सहमत बनेको छ।

त्यो वाक्यांशे हमासले आफ्नो सशस्त्र सङ्घर्षको अन्त्य गर्नेबारे सोचिरहेको सङ्केत गरेको हुनसक्छ तर अहिलेसम्म त्यसबारे विस्तृत विवरण आएको छैन।

यो दुई दुई चरणको युद्ध विराम सम्झौताबारे निर्णय हुँदा आउन सक्छ, दुवै चरण ४२ दिनका हुने छन्।

पहिलो चरणमा बन्दी बनाइएका महिला इजरेली सैनिकको रिहाइ हुनेछ र प्रत्येक साटफेरमा इजरेली जेलमा रहेका ५० प्यालिस्टिनी कैदीहरूको रिहाइ हुनेछ ती मध्ये केही जन्मकैद भुक्तान गरिरहेका पनि छन्।

यो समयावधिमा इजरेली फौज गाजा भित्र नै रहने छ। तर युद्ध विराम कार्यान्वयनमा आएको ११ दिन भित्र इजरेलले गाजाको केन्द्रमा रहेको आफ्नो सैन्य संयन्त्र भत्काउन सुरु गर्नेछ र सलाह अल- दिन रोडबाट हट्न थाल्नेछ। यो उत्तर- दक्षिण र तटीय क्षेत्रमा जाने प्रमुख मार्ग हो।

अधिकारीहरूका अनुसार दोस्रो चरण “शान्तिको लामो समय” हुनेछ र गाजामा लगाइएको नाकाबन्दी पूर्ण रूपमा खुला गरिए पछि पूरा हुनेछ।

हमासका एक वरिष्ठ अधिकारीले समाचार संस्था एएफपीलाई भने, “अब जिम्मेवारी इजरेलमा पुगेको छ, अब उसले युद्ध विराम सम्झौतामा सहमति जनाउने छ या बाधा पुर्‍याउनेछ भन्ने देखिने छ।”

हमासको विज्ञप्तिको समाचार फैलन थालेपछि गाजामा उत्सव मनाउन सुरु भएको बताइएको छ।

तर एक नाम नखुलाइएका इजरेली अधिकारीले रोयटर्स समाचार संस्थालाई त्यतिबेलै दिएको प्रतिक्रियामा हमासले स्वीकार गरेको प्रस्ताव इजिप्टले अगाडि सारेको प्रस्तावको नरम संस्करण भएको र त्यसमा “वृहत् प्रभाव पार्ने” सोचिएको निष्कर्ष सामेल छ जुन इजरेल स्वीकार गर्न सक्दैन भनेका छन्।

ती अधिकारीले भने, “यो इजरेलले सम्झौता गर्न इन्कार गरिरहेको छ भन्ने देखाउन रचिएको चाल हो जस्तो देखिन्छ।”

पछि प्रधानमन्त्री नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमा भनेको छ, “हमासको प्रस्ताव इजरेलको आधारभूत आवश्यकताभन्दा निकै टाढा भए पनि इजरेलले स्वीकार गर्न सकिने किसिमको सर्तहरू सहितको सम्झौतामा पुग्न सकिन्छ कि भनेर मध्यस्थकर्ताको समूह पठाउने छ। ”

सँगसँगै इजरेलको युद्ध क्याबिनेटले रफाह कारबाही निरन्तर राख्ने निर्णय गरेको भन्दै उसले थपेको छ, “यो हाम्रा युद्ध बन्दीहरूको रिहाइ तथा हमासको सैन्य र प्रशासन क्षमता समाप्त पार्न उसमाथि दबाव पैदा होस् भनेर गरिएको कारबाही हो र यो गाजाले इजरेलमाथि भविष्यमा कुनै पनि खतरा पैदा नगरोस् भन्ने निश्चित गर्नु पनि हो।”

यो विज्ञप्ति इजरेलले पूर्वी रफाहमा हमास निशानाहरूमाथि हमला गर्ने घोषणा गरेपछि आएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले सञ्चारकर्मीहरूलाई हमासको प्रतिक्रियाको समीक्षा गरिरहेको र त्यसबारे आफ्ना सहयोगी राष्ट्रहरूसँग त्यसबारे छलफल गर्ने बताए। अमेरिकाले कतार र इजिप्टसँगसँगै गाजाको समस्या समाधानको उपाय खोजिरहेको छ।

उनले थपे, “बन्धक सम्झौता इजरेली मानिसहरूको हितमा छ र त्यो प्यालिस्टीनी नागरिकको पनि हितमा छ भन्ने हाम्रो विश्वास छ।”

यसले तत्काल युद्ध विराम ल्याउने छ र त्यसले मानवीय सहायता पनि बढाउनेछ त्यसैले त्यस्तो सम्झौतामा पुग्नका लागि हामी प्रयत्न जारी राख्नेछौँ।

हमासले दक्षिणी इजरेलमा गत अक्टोबर ७ तारिखका दिन आक्रमण गरेर १२०० मानिसको ज्यान लिएर २५० जना बन्धक बनाएपछि यो युद्ध सुरु भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.