"ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

"ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू





ग्यास्ट्राइटिस" समस्याले हामी धेरैलाई सताइरहेको हुन्छ । समयमा नै यसको उपाचार गरिएन भने यसले अलसर देखि क्यानसर सम्म हुन सक्ने सम्भावना हुन सक्छ । यो रोगलाई हामी सामान्य रुपमा लिनु हुदैन । पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडले हामीले खाएको खानेकुरा पचाउन मद्दत गर्दछ । यदि यो एसिडको उत्पादन धेरै मात्रा उत्पादन भयो भने पेटभित्र सुन्निने अवस्था सृजना हुन्छ जसलाई ग्यास्ट्राइटिस भनिन्छ । यो अवस्था छोटो अवधिका लागि वा दीर्घकालिन अवधिका लागि हुन सक्छ ।

ग्यास्ट्राइटिसका लक्षणहरू यसको प्रकारका आधारमा फरक-फरक हुन सक्छ । सामान्य रुपमा यो रोगमा देखिने लक्षणहरू भनेको:

- माथिल्लो पेट दुखाइ वा असुविधा हुने
- वाकवाकी र उल्टी आउने
- अपच हुने
- पेट फुल्ने
- भोक नलाग्ने
- डकार आउने


यो रोगबाट बच्न वा कम गर्नको लागि यी सुझावहरू अपनाउन सक्नुहुन्छ:

१. रक्सी, क्याफिन, एसिडिक खाना वा मसालेदार खानाहरू नखानुहोस् ।

२. समय समयमा थोरै थोरै खानेकुराहरू खाइराख्नुहोस् ।

३. तनावले पनि "ग्यास्ट्राइटिस”को समस्यालाई बढाउछ, त्यसैले ध्यान र योगको अभ्यासहरू गर्नुहोस् जसले "ग्यास्ट्राइटिस”को समस्यालाई कम गर्न मद्दत गर्छ ।

४. धुम्रपान त्याग्नुहोस् ।

५. स्वस्थ आहार जस्तै फलफूल, तरकारी, अन्न र प्रोटिनयुक्त सन्तुलित आहार खानुहोस् ।

६. प्रयाप्त मात्रामा नियमित रुपमा पानी पिउनुहोस् ।

७. समस्या भइराखेमा चिकित्सकसँग परामर्श लिनुहोस् ।

"ग्यास्ट्राइटिस” त हो भनेर हेलचेक्राइ नगर्नुहोस्, अस्पाताल जान समय मिलेको छैन भने Hamro Patro Health मार्फत हजुरहरू केही क्लिकमै विज्ञ चिकित्सकहरूहरूसँग आफ्नै घरबाट परामर्श लिन सक्नुहुन्छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.